arrow

सातै प्रदेशले वार्षिक बजेट ल्याउँदै, आकार र योजना चालु वर्षकै हाराहारीमा 

logo
हाम्रा कुरा
प्रकाशित २०७८ असार १ मंगलबार
budget-2078-79.jpg

काठमाडौं । सात वटै प्रदेश सरकारहरुले मंगलबार एकैपटक आर्थिक वर्ष २०७८–७९ वर्षको बजेट सार्वजनिक गर्दैछन् । केन्द्रीय सरकारले जेठ १५ र प्रदेश सरकारले असार १ गते बजेट ल्याउनु पर्ने संवैधानिक व्यवस्था छ । 

सोही वाध्यात्मक परिस्थितिलाई मध्यनजर गर्दै संघीय कामचलाउ सरकारले अध्यादेशमार्फत बजेट ल्याएको थियो भने प्रदेश सरकारहरुले पनि आ–आफ्ना योजनासहित बजेट ल्याउँदैछन् । सबैभन्दा बढी दबाबमा गण्डकी प्रदेश देखिएको छ । गत शनिबारमात्र नयाँ सरकार आएको अवस्थामा गण्डकीले बजेटमा समेट्ने विषयलाई पुरानै बजेटको आकार र योजनामा सामान्य करेक्सन गरेर ल्याउने बताइएको छ । 

त्यस्तै प्रदेश १ सरकारले कोरोना महामारीलाई केन्द्रित गरेर करिब साढे ३५ अर्ब हाराहारीको बजेट ल्याउने तयारी गरेको छ। प्रदेश २ सरकारले चालु आर्थिक वर्षको हाराहारीमा ३३ अर्ब आसपासको बजेट ल्याउँदैछ ।

बागमती प्रदेशले ५५ अर्ब रुपैयाँ हाराहारीको बजेट ल्याउने तयारी गरेको छ । गण्डकी प्रदेशले ३२ अर्ब हाराहारीको बजेट ल्याउने तयारी छ । लुम्बिनी प्रदेश सरकारले ३९ अर्ब हाराहारीको बजेट ल्याउँदैछ । त्यसैगरी कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशले करिब ३० अर्बको हाराहारीमा बजेट ल्याउने बताइएको छ । 

कोरोना महामारी र राजनीतिक उथलपुथलबीच प्रदेश सरकारले बजेट निर्माणको काम गरेका छन् । धेरैजसो प्रदेशले चालु वर्ष विनियोजन गरिएकै योजनामा खर्च बढाउन नसक्नुको मतलब आन्तरिक स्रोत सुदृढ पार्न नसक्नु नै हो । 

मुलुक संघीय संरचनामा गए पनि पुरानै ढर्रामा चलेकाले पनि प्रदेश सरकारहरु अलमलमा रहेको स्पष्टै हुन्छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ