arrow

एरिक्सनले अस्पतालको बेडबाट भने–‘म ठिक छु’

logo
हाम्रा कुरा
प्रकाशित २०७८ असार १ मंगलबार
Eriksen.png

काठमाडौं । डेनिस मिड फिल्डर क्रिस्टियन एरिक्सनले अहिले आफ्नो स्वास्थ्य अवस्था ठिक रहेको जानकारी गराएका छन् ।

२९ वर्षीय एरिक्सनले आफ्नो लागि विश्वभरबाट प्रार्थना गर्ने सबैप्रति कृतज्ञता व्यक्त गरेका छन् । उनले इन्स्टाग्राममा अस्पतालको बेडबाट थम्सअप गरेर एक तस्बिर पोस्ट गरेका छन्।

युरोकप फुटबलको १६औं संस्करण अन्तर्गत डेनमार्क र फिनल्याण्डबीचको खेलका क्रममा एरिक्सनलाई अचानक हृदय घात भएको थियो । त्यसपछि उनलाई अस्तापल भर्ना गरिएको थियो । अस्पताल लानुभन्दा अघि उनलाई १३ मिनेट सीपीआर दिइएको थियो।

एरिक्सनले सोमबार घटनापछि पहिलो सार्वजनिक सन्देश जारी गर्दै राम्रो महसुस गरिरहेको बताएका थिए । उनले भनेका थिए, ‘म हार मान्नेवाला छैन।’

उनको मुटु सम्बन्धी समस्या कसरी आयो भन्नेबारे पनि जाँच भइरहेको बताएका छन् । साथै उनको स्वास्थ्य अवस्थाका लागि थप जाँच परीक्षण हुने बताएका छन् । कोपनहेगनमा भएको खेलको पहिलो हाफ सकिन लाग्दा उनी मैदानमा ढलेका थिए। 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ