arrow

चीनमा अल्पसङ्ख्यक समुदायमाथि सरकारद्वारा मानवीय अपराध जारी राखेको आरोप

logo
हाम्रा कुरा
प्रकाशित २०७८ असार २ बुधबार
xinjiang-china.jpg
फाइल तस्बिर

हङकङ। चीन सरकारले सिन्जियाङमा अल्पसङ्ख्यक उईगुर समुदायमाथि मानवीय अपराध गरिरहेको एक रिपोर्टले जनाएको छ। चीनमा उईगुर समुदायमाथि मानव अधिकार हनन भइरहे पनि यसलाई नरसंहार शब्द प्रयोग गर्न पर्याप्त प्रमाण नभएको मानव अधिकारवादी निकायहरूले बताएका छन्।

अल्पसङ्ख्यक मुस्लिम समुदाय उईगुरमाथि चीनको दमनलाई नरसंहारको संज्ञा दिन पर्याप्त प्रमाण नभएको ह्युमन राईट्स वाच र स्टान्फोर्ड विश्वविद्यालयको अन्तर्राष्ट्रिय मानवअधिकार तथा द्वन्द्व समाधान विभागले बताएको छ। 

चीनमा अल्पसङ्ख्यक उईगुर जातिमाथि हुने मानवीय अपराधबारे यी मानवअधिकारवादी संस्थाहरूले ५३ पृष्ठ लामो रिपोर्ट तयार गरेका हुन्। अन्तर्राष्ट्रिय कानुन अनुसार उईगुर जातिमाथि जघन्य अपराध भइरहेको रिपोर्टमा उल्लेख छ।

सिन्जियाङमा उईगुर, कजाख तथा अन्य टर्की मूलका अल्पसङ्ख्यकमाथि चीनले मानवीय अपराध गरिरहेको अमेरिकास्थित ह्युमन राईट्स वाच की निर्देशक सोफि रिचर्डसनले बताइन्।

अल्पसङ्ख्यकमाथि चीनको कारबाहीले नरसंहारको रूप लिन खोजेको यद्यपि संयुक्त राष्ट्रसङ्घ १९४८ को मान्यता अनुसार नरसंहारकै संज्ञा दिन भने पर्याप्त प्रमाण नभएको रिचर्डसनले बताइन्।

नरसंहार नै नभए पनि यो विषय भने गम्भीर मानव अपराध रहेको ह्युमन राईट्स वाचका कार्यकारी निर्देशक केनेथ रोथले टिप्पणी गरेको निक्की एसियाले लेखेको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ