arrow

किरिबाटी हवाई अड्डाको पुनर्निर्माण अमेरिकी प्रशान्त फ्लीटको जासुसीमा प्रयोग हुनसक्ने

logo
एजेन्सी
प्रकाशित २०७८ असार ३ बिहिबार
canton-island-runway-us-army.jpeg
फाइल तस्बिर

ताइपेई। ताइवानका सैन्य विद्वान चांग जंग मिंगले चीनले ताइवानको दोस्रो विश्वयुद्धको हवाई अड्डासमेत रहेको किरिबाटी पुनर्निर्माण गरेमा चिनियाँ विमानहरूको जासुसी गर्ने रणनीतिक आधार हुन सक्ने भन्दै सचेत गराएका छन्। उनले अमेरिकी प्रशान्त क्षेत्रको जासुसीका लागि चीनले यसलाई प्रयोग गर्ने बताएका हुन्। 

इन्स्टिच्युट फर नेशनल डिफेन्स एण्ड सेक्युरिटी रिसर्च (आईएनडीएसआर)को पाक्षिक रिपोर्टमा चांगले किरिबाटीमा परित्याग गरिएको एयरपोर्टको मर्मत सम्भार गर्ने चीनको योजनामा अवलोकन शीर्षकको लेखमा चीनले चालेका पछिल्ला कदमहरूको रणनीतिक असरहरूको विश्लेषण गरेका छन्।

किरिबाटी विपक्षी दलका सदस्य टेसी लाम्बोर्नले हालै बेइजिंगको क्यान्टन टापुको परित्यक्त हवाई अडुा र पुलको मर्मत सम्भार गर्ने योजनाको खुलासा गरेको चांगले उल्लेख गरेका छन्। संयुक्त राज्य अमेरिकाले दोस्रो विश्व युद्धको समयमा बनाएको रनवे लगभग २ हजार मिटर लामो छ।

परित्याग गरिएको हवाई अड्डाको पुनर्निर्माण गरी दोस्रो पटक चीनले प्रशान्त महासागरमा प्रमुख हवाई केन्द्र स्थापना गर्न खोजेको हो। यसले बेइजिङ पोर्टहरूको नियन्त्रण प्राप्त गरेर मात्र सन्तुष्ट छैन भनेर प्रमाणित गरेको चांगले लेखेका छन्।

किरिबाटी हवाईबाट करिब चार घण्टा मात्र टाढा भएकोले अमेरिकाको प्रशान्त फ्लीटमा जासुसी गर्न चिनियाँ हवाईजहाजको लागि यो उत्तम स्थान हुनसक्ने चांगले बताएका छन्।

यदि पहिलो टापु शृङ्खलामा तनाव नाटकीय रूपमा बढ्यो भने, आई किरिबटी एयरपोर्टले प्रमुख स्थानको रूपमा काम गर्ने र चिनियाँ सेनाले उडान लिन र अमेरिकाको प्रशान्त फ्लीटको आवागमनको अनुगमन गर्न सक्ने उनको विश्लेषणलाई ताइवान न्यूजले प्रकाशन गरेको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ