arrow

भारतमा १६ भन्दा बढी प्रतिशत जनसंख्याले लगायो कोरोनाको खोप

logo
हाम्रा कुरा
प्रकाशित २०७८ असार ३ बिहिबार
corona-vaccine-modi.jpg
तस्वीर–फाइल ।

काठमाडौं । भारतमा कोरोना भाइरसको महामारी विस्तारै कम हुँदै गएको छ । त्यहाँ कोरोना रोक्ने एकमात्र विकल्प खोप लगाउने काम तीव्र रुपले भइरहेको छ । अहिलेसम्म भारतमा कुल जनसंख्याको १६.२ प्रतिशतले खोप लगाएका छन् । 

अर्थात् २६ करोड ५५ लाख १९ हजार २५१ जनाले कोरोनाको कम्तीमा एक डोज खोप लगाएका छन् । दुवै खोप लगाएको जनसंख्या भने कूल जनसंख्याको ३.७ प्रतिशत मात्र हो । 

भारतले आफैं कोरोना विरुद्धको खोप बनाएको छ । त्यसैगरी विभिन्न देशबाट खोप अनुदानमा लिनुका साथै किनेर पनि जनतालाई लगाइरहेको छ । भारतमा अहिलेसम्म २ करोड ९७ लाख मानिस कोरोना संक्रमित भइसकेका छन् । बुधबारमात्रै ६७ हजार २८९ जना संक्रमित थपिएका थिए । 

त्यस्तै १ लाख ३ हजार ९०० संक्रमितलाई बुधबार निको भएसँगै अहिलेसम्म २ करोड ८४ लाख ८४ हजार ५९१ जनालाई निको भइसकेको छ । हाल ८ लाख २१ हजार ३७८ जना मात्र सक्रिय संक्रमित छन् । जबकि यो संख्या कुनै समय ४० लाखमा पुगेको थियो । 

मृतकको दर भने भारतमा घट्न सकेको छैन । बुधबार २ हजार ३२९ जनाको ज्यान गएको छ । अहिलेसम्म कोरोनाबाट भारतमा ३ लाख ८१ हजार ९३१ जनाको ज्यान गइसकेको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ