arrow

हतियारले भरिएको सैन्य रेलको भारतले गर्‍यो परीक्षण

logo
इन्डिया न्युज नेटवर्क,
प्रकाशित २०७८ असार ३ बिहिबार
army-train-india.jpg

आइएनएन । भारतले सैन्य रेलको सफल परीक्षण गरेको छ। भारतीय सेनाले समर्पित मालवाहक कोरिडोर(डीएफसी) मा गाडी, हातहतियार र उपकरणले भरिएको सैन्य रेलको सफल परीक्षण गरेको हो। सोमबार रेलले नयाँ रेवाडिबाट नयाँ फुलेरासम्म को यात्रा तय गरेको थियो।

सफल परीक्षणपछि  भारतीय रक्षा मन्त्रालयले भारतीय सेनाले डेडिकेटेड फ्रेट कोरिडोर कर्पोरेसन अफ इन्डिया लिमिटेड (डीएफसीसीआईएल) र भारतीय रेल मार्फत जटिल र समन्वयित तरिकाले सशस्त्र बलको परिचालन क्षमतामा उल्लेखनीय वृद्धि गर्ने बताएको छ।

रक्षा मन्त्रालयका अनुसार भारतीय सेनाले डिएफसीसीआईएल र भारतीय रेल लगायत सबै सरोकारवालाहरूसँग कुराकानी गरेको थियो। यस कुराकानी का‌ कारण सशस्त्र बलले आफ्नो परिचालन मैट्रिक्स का लागि डिएफसीसी र सम्बद्ध पूर्वाधारको लाभ लिन सक्छन्।

मन्त्रालयका अनुसार रोल अन-रोल अफ (आरओ-आरओ) सेवामा रक्षा स्वामित्वको रोलिङ्ग स्टकको गति प्रमाणीकरणका लागि केही स्थानहरूमा पूर्वाधारहरूको विकास र परीक्षण लाई औपचारिक रूप प्रदान गरिएको छ र विधि विकास भइरहेको छ।

यस परीक्षणलाई सशस्त्र बलको सञ्चयनात्मक तैयारीको वृद्धिका लागि मार्ग प्रशस्त गर्ने प्रक्रियाको पहिलो कदम को रूपमा वर्णन गरिएको छ। रक्षा मन्त्रालयले भन्यो, "यस पहलले योजना स्तरमा राष्ट्रिय पूर्वाधार विकासमा सैन्य आवश्यकताहरूलाई पनि जोड्न विभिन्न प्रक्रिया लाई स्थापित गर्नेछ।"



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ