arrow

बाइडेन र पुटिनबिच तीन घण्टा लामो कुराकानी, राजदूत पठाउने सहमति

logo
एपी,
प्रकाशित २०७८ असार ३ बिहिबार
biden-putin.jpg

वासिङ्टन । विश्वका शक्तिशाली दुई देशका प्रमुखहरुबीच लामो भेटवार्ता भएको छ ।  अमेरिकी राष्ट्रपति जो बाइडेन र रुसी राष्ट्रपति भ्लादिमिर पुटिनका बीचमा जेनेभामा झण्डै तीन घण्टा भेटवार्ता भएको हो । 

दुई देशका राष्ट्रप्रमुखहरु बीच भौतिक उपस्थीतिमा सन् २०१८ पछि पहिलो पटक भएकाले पनि उनीहरुको अहिलेको भेटवार्तालाई धेरै महत्वका साथ हेरिएको छ ।  वार्ताका लागि तीन घण्टाभन्दा बढी समय छुट्याइएको भएपनि बाइडेनले आफूलाई थप समय नचाहिएको बताएपछि तीन घण्टामा बैठक सकिएको थियो । 

बैठकपछि अमेरिकी राष्ट्रपति बाइडेनले रुससँग सम्बन्ध सुधारको वास्तविक सम्भावना अहिले देखा परेको प्रतिक्रिया दिएका थिए । 

उनीहरुले दुवै देशमा एक अर्काका राजदूतहरु पठाउने सहमती पनि गरेको जनाइएको छ  । यसअघि सन् २०२० को राष्ट्रपतीय चुनावमा रुसले हस्तक्षेप गरेको आरोप अमेरिकाले लगाएपछि दुवै देशहरूले छलफलका लागि भन्दै आआफ्ना राजदूत फिर्ता गरेका थिए । त्यसैगरी, दुवै पक्षले परमाणु अस्त्र नियन्त्रणबारे छलफल आरम्भ गर्न सहमति जनाएको पनि समाचारहरुमा उल्लेख गरिएको छ । 

गत झण्डै साढे २ बर्षदेखि जेलमा राखिनु भएका विपक्षी नेता एलेक्से नभाल्नीको बारेमा पनि उनीहरुका बीचमा पर्याप्त छलफल भए पनि कुनै सहमती भएको संकेत भने नदेखिएको अधिकारीहरुले बताएका छन् । 

त्यसैगरी साइबर सुरक्षा, युक्रेनलगायतका विषयमा पनि सकारात्मक उपलब्धी भएको कतै उल्लेख गरिएको छैन । उनीहरुले कतिपय विषयमा आआफ्ना अडानहरु अझै पनि कायमै राखेकाले सन्तोषजनक नभएको टिप्पणी पनि गरिएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ