arrow

ओत लाग्न गएका दुई बालबालिकाको पहिरोमा च्यापिएर मृत्यु

logo
प्रकाश बम,
प्रकाशित २०७८ असार ३ बिहिबार
landslide-doti.jpg

डोटी । पानी परेपछि ओत लाग्न ओडारमा बसेका दुई बालबालिकाको पहिरोमा च्यापिएर मृत्यु भएको छ । दिपायल सिलगढी नगरपालिका वडा नं. ५ चिसापानी नजिकै ब्राखा चराउन गएको बेला ओडारमा बसेका दुई बालबालिकाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय डोटीले जानकारी दिएको छ ।

मृत्यु हुनेमा दिपायल सिलगढी नगरपालिका ५ का ७ बर्षीय बालक विनोद भण्डारी र मामाघरमा गएकी वडा नं. ७ राँतुलीकी ऐश्वर्या बिष्टकी एघार बर्षीया छोरी जेनिषा विष्टको रहेको प्रहरी उपरीक्षक दान बहादुर मल्लले बताए । बाख्रा चराउन गएका उनीहरू पानी परेपछि ओत लाग्न ओडारमा बसेको बेला माथिबाट पहिरो खस्दा च्यापिएका थिए ।

च्यापिएको थाहा भएपछि नेपाल प्रहरी, सशस्त्र प्रहरी र स्थानीयले पहिरो पन्छ्याउँदा उनीहरूको शव भेटिएको थियो । बुधवार मात्रै जिल्लाको केआई सिंह गाउँपालिकाका ६५ वर्षीय पुरुषको पहिरोमा परि ज्यान गएको थियो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ