arrow

तालिवानद्वारा अफगानिस्तानको राजधानी नजिकैको जिल्ला कब्जा

logo
एजेन्सी
प्रकाशित २०७८ असार ४ शुक्रबार
terrorist1.jpg

काबुल। अफगानिस्तानमा भएको पछिल्लो हिंसात्मक आक्रमणपछि तालिबान समूहले राजधानी काबुल नजिकैको जिल्लामा कब्जा गरेको छ। वारदा प्रान्तमा पर्ने जिल्लामा तालिबानी समूहले कब्जा गरेपछि सुरक्षा चुनौती थप बढेको हो।

अमेरिकी समाचार वेबसाइट एफडीडीको लंग वार जर्नलका अनुसार तालिबानी समूहले राजधानी काबुल नजिकैको नेरक जिल्लामा कब्जा गर्दै तीन दिनका लागि एकपक्षीय युद्ध विरामको घोषणा गरेको छ।

अफगानिस्तानको आन्तरिक मामिला मन्त्रालयले अफगानिस्तानको राष्ट्रिय सुरक्षा र अन्य सुरक्षा बलले तालिबानी समूहलाई यस क्षेत्रमा रणनीतिक रूपमा परास्त गरेको जनाएको छ। खामा प्रेसका अनुसार  अफगान रक्षा सेनाले तालिवानलाई ठुलो हानी पुर्‍याए पछि तालिबानी समूह पछि हटेको छ।

तालिबानका प्रवक्ता जबिहुल्लाह मुजाहिदले एक ट्विटमा भनेका छन्, वारदाक प्रान्तको नेरक जिल्लामा रहेको प्रहरी मुख्यालय, गुप्तचर विभाग, र त्यहाँको ठुलो सेनाको बेसमा कब्जा गरेका छौँ।

तालिबानी प्रवक्ताले धेरै दुस्मन सैनिक मारिएको, घाइते भएको र धेरै मुजाहिदीनहरू जीवित पक्राउ परेको बताएका छन्। मुजाहिद्दीनले जिल्ला र अड्डामा सबै हतियार, गोला बारुद, र सैन्य गाडीहरू कब्जा गरेकोसमेत जनाएका छन्।

यस अवधिमा भएको आक्रमणका परि २५५ जनाको मृत्यु भएको छ भने ५०० भन्दा बढी घाइते भएका छन्। उक्त क्षेत्रमा करिब १५ वटा आत्मघाती हमला गरिएका छन् भने २०० भन्दा बढी अन्य विस्फोटहरू गराइएका छन्। उक्त सबै आक्रमणको जिम्मा तालिबानी समूहले लिएको छ।

अफगानिस्तानबाट अमेरिकी सेनाको बाहिरिने क्रम बढ्दै गएपछि युद्धग्रस्त अफगानिस्तानमा पछिल्ला केही हप्ताहरूमा लगातार हमलाहरू भइरहेका छन्। अमेरिकी सेना सेप्टेम्बर ११ सम्म पूर्ण रूपमा अफगानिस्तान छोडी सक्ने जनाइएको याहु न्यूजले लेखेको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ