arrow

जाम्बियाका प्रथम राष्ट्रपतिको ९७ बर्षमा निधन

logo
सिन्ह्वा,
प्रकाशित २०७८ असार ४ शुक्रबार
zimbabwe-kenneth kaunda.jpg

लुकासा । अफ्रिकी मुलुक जाम्बियाका प्रथम राष्ट्रपति केन्नेथ काउन्डाको निधन भएको छ । उनको ९७ वर्षको उमेरमा बिहीबार निधन भएको सरकारी अधिकारीहरुले पुष्टि गरेका छन् । 

जाम्बिया मन्त्रीपरिषद्का सचिव सिमोन मिटीले स्थानीय समय अनुसार बिहीबार दिउँसो साढे २ बजे उनको निधन भएको पुष्टि गरेका छन् ।  उनलाई उपचारका लागि गत सोमबारदेखि राजधानी लुकासामा रहेको सैन्य अस्पतालमा भर्ना गरिएको थियो । 

निमोनियाका कारणले उनको निधन भएको उनको उपचारमा संलग्न चिकित्सकहरुले जानकारी दिएका छन् । उनलाई यसअघि कोरोनाभाइरसको सङ्क्रमण भएको पनि भनिएको थियो । 

जाम्बियाका राष्ट्रपति एडगर लुँगुले मुलुकका प्रथम राष्ट्रपतिको निधनको खबरले आफू स्तब्ध भएको उल्लेख गरेका छन् । “राष्ट्रको अभिभावकको रुपमा रहनु भएका प्रथम राष्ट्रपति काउन्डाको निधनको खबरले म स्तब्ध भएको छ, यो दुःखद समयमा म उनको परिवारप्रति समवेदना व्यक्त गर्न चाहन्छु,,” उनले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन्।  

राष्ट्रपति लुँगुले प्रथम राष्ट्रपति काउन्डालाई अफ्रिकी क्षेत्रकै अनुकरणीय व्यक्तित्वको रुपमा चर्चा पनि गरेका छन् ।  जाम्बिया बेलायती उपनिवेशबाट मुक्त भएपछि उन सन् १९६४ मा मुलुकको पहिलो राष्ट्रपतिका रुपमा निर्वाचित भएका थिए। 

सन् १९५० को दशकमा भएको बेलायती उपनिवेश विरुद्धको आन्दोलनमा उन प्रमुख आन्दोलनकारी नेताका रुपमा सक्रिय रहेका थिए । आन्दोलन सफल भएपछि सन् १९६४ मा सुरु भएको उनको राष्ट्रपतिको कार्यकाल भने सन् १९९१ सम्म रहेको थियो । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ