arrow

इरानको नयाँ राष्ट्रपतिमा इब्राहिम रैसी चुनिएसँगै इजरेलद्वारा गम्भीर चिन्ता

logo
एजेन्सी
प्रकाशित २०७८ असार ६ आइतबार
ebrahim-raisi.jpg
फाइल तस्बिर

काठमाडौँ। इरानको राष्ट्रपतीय निर्वाचनमा विजयी घोषणा भएसँगै इब्राहिम रैसी राष्ट्रपति पदका लागि छानिएका छन् । निर्वाचनपछि शनिवार उनको विजयी घोषणा भएको थियो। रैसिले अब आउँदो अगस्टमा कार्यालय सम्हाल्नेछन्।

रैसी राष्ट्रपति पदमा निर्वाचित भएसँगै इजरेलले अन्तर्राष्ट्रिय समुदायले गम्भीर चिन्ता लिनुपर्ने बताएको छ। इजरेललको विदेश मन्त्रालयका प्रवक्ता लियर हैतले रैसी झनै अतिवादी व्यक्ति भएको बताएका छन्।

प्रवक्ता हैतले  रैसिले इरानको आणविक गतिविधिलाई झनै सक्रिय पार्ने चेतावनी समेत दिएका छन्। अमेरिकी प्रतिबन्धको सामना गरिरहेका रैसिले विगतमा जेल सजाय भोगिरहेकाहरूलाई मृत्युदण्ड दिइएको घटनासँग समेत जोडिएको छ।

विजयी घोषणा भएसँगै रैसिले एक वक्तव्य जारी गर्दै सरकारमाथि जनताको विश्वास झनै बढाउने र राष्ट्रका लागि काम गर्ने बताएका छन् ।

म कडा परिश्रमिक, क्रान्तिकारी र भ्रष्टाचार विरोधी सरकारको गठन गर्नेछु, उनको भनाइलाई उद्धृत गर्दै इरानको केन्द्रीय सञ्चारमाध्यमले उल्लेख गरेको छ।

इजरेलका प्रवक्ता हैतले लामो ट्विटर थ्रेडमा रैसी कट्टरपन्थी र इरानको सैन्य आणविक कार्यक्रमलाई अगाडि बढाउनमा प्रतिबद्ध रहेको बताएका छन्।

इरान र इजरेल लामो समयदेखि छाया युद्धमा छन् । दुवै देशबीचको सम्बन्ध पछिल्लो समय पनि चिम्सिएकै अवस्थामा छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ