- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौं । तिलगंगा आँखा प्रतिष्ठानले झन्ट्राल रिम्पोचे तथा तेज कोहली रुइत फाउन्डेशनको सहयोगमा सिन्धुपाल्चोकका बाढी पहिरो पीडितलाई आवश्यक सामग्री दिएको छ । तिलगंगाले शुक्रबार हेलम्वु गाउँपालिका तथा मेलम्ची नगरपालिकाका बाढी तथा पहिरोबाट प्रभावित क्षेत्रका वासिन्दाहरुलाई खाद्यान्न लगायतका अन्य आवश्यक स्वास्थ्य सामग्री उपलव्ध गराएको जानकारी दिएको हो ।
प्रतिष्ठानका प्रमुख वित्त अधिकृत रामचन्द्र अधिकारीको नेतृत्वमा गएको टोलीले हेलम्बु गाउँपालिकाका वडा नं. २ का अध्यक्ष छिरिङ्ग ग्याल्बु लामालाई खाद्यान्न लगायतका अन्य आवश्यक स्वास्थ्य सामग्री र मेलम्चीका वडाध्यक्ष रुद्र दुलाललाई एन्टिजेन किट हस्तान्तरण गरेको हो ।
सामग्रीमा ३६५० किलो चामल, ३०० किलो गेडागुडी, ३०० किलो दाल, ३०० किलो आटा, १५० किलो नुन, चिनी ३०० किलो, चिउरा ७०० किलो, ३०० वटा सावुन १५० लिटर खाने तेल, मसला, वेसार, मस्यौरा १५० किलो, मन्जन, ब्रस, चियापसत्ति, पियुष, जीवनजल ८०० प्याकेट, स्यानीटरी प्याड, सिटामोल तथा ५० पिस एन्टिजेन किट हेलम्वु गाउँपालिकामा भने १५० एन्जिटेन किट मेलम्चीलाई हस्तान्तरण गरिएको तिलगंगाले प्रेस विज्ञप्ति जारी गरी जानकारी दिएको छ ।