arrow

अमेरिकाले ताइवानलाई दियो प्रतिवद्धता गरेभन्दा तीन गुणा बढी खोप

logo
हाम्रा कुरा
प्रकाशित २०७८ असार ६ आइतबार
ing-wen_biden us taiwan taiwan us.jpg

काठमाडौ । ताइवानमा कोरोना भाइरसको संक्रमणले बढेसँगै अमेरिकाले प्रतिवद्भता गरेभन्दा तीन गुणा बढी खोप अनुदान स्वरुप दिएको छ ।

मोर्डनाले उत्पादन गरेकाे काेभिड१९ विरूद्धकाे २५ लाख डोज खोप शनिवार अमेरिकाले ताइवानका लागि पठाएको अमेरिकी विदेश विभागका प्रवक्ता जेड प्रिन्सले बताएका छन् । आइतबार साझसम्म ती खोप ताइवान आइपुग्ने छन् ।

सुरुवाती चरणमा संक्रमण नियन्त्रणम ल्याउन सफल ताइवानमा अहिले संक्रमण बढ्दो क्रममा छ । अहिलेसम्म ताइवानमा करिब १४ हजार मानिस संक्रमति भएका छन् भने, ५ सय ४९ जनाले ज्यान गुमाएको छ ।

ताइवानले प्रति एक लाखमा ६ जनालाई मात्रै खोप लगाएको छ । चीनले ताइवानलाई आफ्नै प्रान्तका रुपमा हेर्दै आएको छ भने, ताइवानले आफुलाई स्वतन्त्र राष्ट्र मान्ने गर्छ ।

जुन ६ मा अमेरिकाले ताइवानलाई ७ लाख ५० हजार डोज खोप अनुदान स्वरुप दिने प्रतिवद्धता गरेको थियो । तर, अहिले यसको तीन गुणाभन्दा बढी २५ लाख डोज खोप दिएको हो ।

अमेरिकाले अनुदान स्वरुप खोप दिएपछि ताइवानकी राष्ट्रपति साइ इंग वेनले जो बाइडेन प्रशासनलाई कृतज्ञता व्यक्त गरेकी छन् । यस्तै अमेरिकाले विश्वभर ५० कराेड डाेज खाेप अनुदान स्वरूप दिने घाेषणा समेत गरेकाे छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ