arrow

दिल्लीमा पनि घट्यो संक्रमित सङ्ख्या

logo
एएनआई,
प्रकाशित २०७८ असार ६ आइतबार
corona-india-delhi.jpg

नयाँ दिल्ली । भारतमा कोभिड–१९ संक्रमितको सङ्ख्या घटेसँगै राजधानी नयाँ दिल्लीमा पनि संक्रमितको सङ्ख्यामा उच्च गिरावट देखिएको छ । 

 दिल्लीमा विगत २४ घण्टाको अन्तरालमा नयाँ संक्रमितहरूको सङ्ख्या १२४ मा झरेको छ । दिल्लीमा संक्रमण दर ०.१७ मा झरेको राज्य सरकारको स्वास्थ्य बुलेटिनमा उल्लेख छ । 

संघीय राजधानीमा संक्रमणपछि निको हुनेको सङ्ख्या ९८.११ प्रतिशत कायम भएको छ । यो फेब्रुअरी २१ पछि निको हुनेको उच्च दर हो ।

दिल्लीमा हालसम्म संक्रमण पुष्टि हुनेको सङ्ख्या १४ लाख ३२ हजार २९२ रहेको छ भने अहिलेसम्मको कूल संक्रमित दर ६.८९ प्रतिशत रहेको छ । यहाँ २४ हजार ९१४ संक्रमितको मृत्यु भएको छ जुन १.७४ प्रतिशत हो । 

पछिल्लो २४ घण्टाको अवधिमा दिल्लीमा सात कोभिड–१९ संक्रमितको मृत्यु भएको छ । दिल्लीमा अहिलेसम्म १४ लाख पाँच हजार २८७ जना संक्रमणपछि निको भएका छन् । 

राज्य स्वास्थ्य बुलेटिन अनुसार राष्ट्रिय राजधानीमा ६५ लाख मानिसले कोभिड–१९विरूद्धको एउटा खोप लगाएका छन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ