arrow

चीनले आफ्ना नागरिकलाई एक अर्ब डोज खोप लगायो

logo
हाम्रा कुरा
प्रकाशित २०७८ असार ७ सोमबार
china-khop.jpg

काठमाडौं । चीनले कोरोना भाइरसविरुद्धको खोपको एक अर्ब भन्दा बढी डोज आफ्ना नागरिकहरुलाई लगाइसकेको छ ।

चीनको राष्ट्रिय स्वास्थ्य आयोग (एनएचसी)का अनुसार शनिबारसम्म चीनमा १ अर्ब १ करोड ४८ लाख ९ हजार डोज खोप लगाइएको छ ।

यो विश्वभर लगाइएको करिब साढे २ अर्ब डोज खोपको झण्डै ४० प्रतिशत हो । गत मार्चमा चीनले १० लाख डोज खोप मात्रै  लगाएको थियो ।

त्यसपछि चीनले पहिलो २५ दिनमा नै खोप लगाउने नागरिकको संख्या १० करोड डोजबाट २० करोड पुर्‍यायो । त्यसपछि १६ दिनमा २० करोडबाट ३० करोडमा पुर्‍यायो  । र ६ दिनमा ८० करोडबाट ९० करोड पुर्‍यायो ।

बेइजिङले भाइरसलाई नियन्त्रणमा लिए पनि थुप्रै गाउँ र शहरहरुमा भने संक्रमण फैलिने अवस्था छ । त्यसैले चीनले खोपको गति बढाएको छ ।

चीनले सिनोभ्याक र सिनोफार्मको खोप १८ वर्षभन्दा मुनिकालाई समेत दिन शुरु गरेको सीएनएनले जनाएको छ । यसवर्षको अन्त्यसम्म चीनले आफ्ना ७० प्रतिशत नागरिकलाई खोप लगाउने लक्ष्य राखेको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ