arrow

अफगानिस्तानमा हिंसा बढ्दै, पाकिस्तानी सेना प्रमुखले दोहोर्‍याए शान्ति प्रक्रियालाई समर्थन गर्ने प्रतिबद्धता

logo
एजेन्सी
प्रकाशित २०७८ असार ७ सोमबार
general-bajwa-pakistan.jpg
फाइल तस्बिर

इस्लामाबाद। पाकिस्तानका सेना प्रमुख जनरल कमर जावेद बाजवाले अफगानिस्तानका राष्ट्रपति असरफ घानीसँग त्यहाँको शान्ति प्रक्रियालाई सहयोग गर्ने प्रतिबद्धता दोहोर्‍याएका छन्। अफगानिस्तान हिंसाका घटनाहरू बढिरहेको समयमा काबुलमा राष्ट्रपति घानीसँग भएको भेटमा बाजवाले अफगान शान्ति प्रक्रियालाई सहयोग गर्ने प्रतिबद्धता दोहोर्‍याएका हुन्। भेटमा बेलायती रक्षा प्रमुखको समेत सहभागिता रहेको थियो।

अफगानिस्तानको शान्ति प्रक्रियाका लागि पाकिस्तानको भूमिका निकै महत्त्वपूर्ण हुन्छ। पश्चिमा मुलुकहरूको समर्थन रहेका अफगान सरकार र तालिबानी विद्रोहीका द्वन्द्व व्यवस्थापनका लागि पाकिस्तानले मध्यस्थता गर्न सक्ने जनाइएको छ।

संयुक्त राज्य अमेरिकाले आफ्नो सेना फिर्ता लिने क्रमलाई अगाडि बढाएसँगै अफगानिस्तानमा हिंसाका घटनाहरू बढ्न थालेका हुन्। यस्तो अवस्थामा तालिबानी समूहलाई सहयोग पुर्‍याएको भन्ने आरोप लाग्ने गरेको पाकिस्तानलाई पछिल्ला वर्षहरूमा वासिङ्टन र अन्य पश्चिमी शक्तिहरूले उग्र वादी समूहलाई शान्ति वार्तामा भाग लिन दबाब दिन आग्रह गरिरहेका छन्।

पाकिस्तानी सेनाका प्रमुख जनरल कमर जावेद बाजवाले घानीसँगको वार्तामा भने, "शान्तिमय अफगानिस्तान भनेको सामान्यतया शान्तिमय क्षेत्र र खास गरी शान्त पाकिस्तान हो। पाकिस्तानले यस क्षेत्रमा शान्ति कायम होस् भन्ने चाहन्छ।"

"हामी सधैँ सबै सरोकारवालाको आपसी सहमतिमा आधारित अफगानको नेतृत्वमा रहेको अफगानको स्वामित्वमा रहेको शान्ति प्रक्रियालाई सहयोग गर्ने छौँ," उनले भने।

जनरल बाजवासँग बेलायती चिफ अफ डिफेन्स स्टाफ जनरल निकोलस पैट्रिक कार्टर पनि थिए। संयुक्त राज्य अमेरिकामा इस्लामी आतङ्कवादीहरूले २००१मा गरेको आक्रमणपश्चात् तालिवान सरकारको पतन सुरु भएको थियो। आतङ्कवाद विरुद्ध अमेरिकी नेतृत्वको सो युद्धका क्रममा अफगानिस्तानमा बेलायती सेनासमेत रहेको छ।

हालका हप्ताहरूमा पाकिस्तानले विद्रोहीहरूसँग युद्ध विराम गराउने प्रयास गर्न वार्ता गरिरहेको कुरा तालिवान र कूटनीतिक स्रोतहरूले रोयटर्सलाई बताएका छन्।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ