arrow

भारतमा एक दिनमा ८० लाखलाई कोरोनाको खोप

logo
हाम्रा कुरा
प्रकाशित २०७८ असार ८ मंगलबार
corona-vaccine-inida-women.jpg
फाइल तस्विर।

नयाँ दिल्ली। भारतमा एक दिनमा ८० लाखलाई कोरोनाभाइरस विरुद्धको खोप लगाइएको छ । कुनै एउटा देशमा एक दिनमा यति धेरै खोप लगाइएको यो सङ्ख्या अहिलेसम्मकै सबैभन्दा धेरै भएको पनि अधिकारीहरुले दाबी गरेका छन् ।

खोप अभियानलाई उच्च प्राथमिकताका साथ अगाडि बढाइरहेको भारतले सोमबार मात्रै ८० लाखलाई खोप लगाएको हो । 

“एक दिनमा सबैभन्दा धेरै खोप लगाएको किर्तिमान अहिले भारतले बनाएको छ, कोरोनाभाइरसविरुद्ध लड्ने हतियार यही नै हो, त्यसैले सो हतियार प्रयोगलाई भारतले उच्च प्राथमिकता दिएको छ,” प्रधानमन्त्री नरेन्द्र मोदीले भनेका छन् । 

सामाजिक सञ्जाल ट्विटरमा उनले अगाडि लेखेका छन्, “खोप अभियानमा सक्रिय योगदान गर्नुभएका सवैप्रति म हार्दिक धन्यवाद ज्ञापन गर्दछु भने खोप लगाउनु भएका सबैलाई हार्दिक बधाई ज्ञापन गर्न चाहन्छु ।” 

देशका प्रदेश तथा राज्यहरूमा एकैचोटी अहिले कोरोनाभाइरस विरुद्धको खोप लगाउने अभियान चलिरहेको छ । त्यसैले पनि एकै दिन यति धेरै मानिसले खोप लगाउन पाएका हुन् ।  

हरेक १८ वर्ष माथिका व्यक्तिलाई कोरोनाविरुद्धको खोप निःशुल्क लगाउने नीति भारतले लिएको छ । १८ वर्षमा सबैलाई खोप लगाउने अभियान सोमबारबाट सुरु भएको हो । यसअघि प्राथमिकता सूचीमा परेकाहरूलाई मात्रै खोप लगाउने व्यवस्था गरिएको थियो ।   



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ