arrow

विश्वासको मत नपाएपछि स्विडेनका प्रधानमन्त्री पदमुक्त

logo
हाम्रा कुरा
प्रकाशित २०७८ असार ८ मंगलबार
stefen-lovfen-sweden-pm.jpg

स्टकहोम। संसद्बाट विश्वासको मत प्राप्त गर्न नसकेपछि स्विडेनका प्रधानमन्त्री स्टेफन लोफभेन पदमुक्त भएका छन्। यद्यपि उनले अर्को सरकार निर्माण नहुँदासम्म कामचलाउ प्रधानमन्त्रीको रूपमा काम गर्नेछन् । 

संसद्मा सोमबार भएको मतदानका क्रममा बहुमत सदस्यहरूले उनलाई बिदा गर्ने पक्षमा मत जाहेर गरेका थिए । 

मतदानमा सहभागीमध्ये १ सय ८१ जनाले अविश्वासको प्रस्तावको समर्थनमा मतदान गरेका थिए भने प्रस्तावको विपक्षमा र प्रधानमन्त्रीको पक्षमा भने १७५ जनाको मत परेको थियो ।  

स्विडेनको संसद्मा अहिले ३४९ जना सांसद रहेका छन् । तीमध्ये १०९ जना मतदान गरेका थिएनन् भने ५१ जना अनुपस्थित भएका थिए । 

स्विडेनको संसद्ले लिएको यो निर्णयले विघटन हुने खतराबाट संसद् जोगिएको छ । संसद् विघटन भएको भए निर्धारित समयभन्दा एक वर्ष अगाडि नै आम निर्वाचनमा जानुपर्ने अवस्था आउने थियो । 

विपक्षीहरूले अविश्वासको प्रस्ताव पेस गरेपछि विश्वासको मत प्राप्त गर्न नसकेर पदमुक्त हुने उनी स्विडेनको पहिलो प्रधानमन्त्री भएका छन् ।

वामपन्थी कम्युनिस्ट पार्टीले सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि लोफभेनको सरकार अल्पमतमा परेको हो । 

अर्पाटमेन्टका सम्बन्धमा भएको विवादका कारण उनीहरूले समर्थन फिर्ता लिएका थिए । समर्थन फिर्ता नलिनका लागि प्रधानमन्त्री लोफभेनले पटक पटक आग्रह गर्दा पनि उनीहरूले अस्वीकार गरेपछि संसद्मा मतदान गराउनु परेको हो । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ