arrow

अमेरिका, ईयु, क्यानडा र बेलायतद्वारा बेलारुसमाथि प्रतिबन्ध

logo
हाम्रा कुरा
प्रकाशित २०७८ असार ८ मंगलबार
alexndro lukashenko belarus.jpg

काठमाडौं । अमेरिका, युराेपियन युनियन (ईयु), क्यानडा र बेलायतले बेलारुसी कम्पनी र अधिकारीहरुमाथि प्रतिबन्ध लगाएका छन् । सोमबार चारै सहयाेगीहरूले संयुक्तरुपमा प्रतिबन्ध लगाउँदै बेलारुसलाई 'आफ्नै नागरिकमाथिको दुव्यर्वहार त्याग्न' आग्रह गरेका छन् ।

चारै सहयाेगीहरूले गत मेमा र्यानेयर जेट विमानको अवतरण गराएर बेलारुसी पत्रकार रोमन प्रोटोसेविच र उनकी प्रेमिका सोफिया सापेगाको अपहरण भएको घटनामा अनुसन्धान गर्नका लागि सहयोग गर्न समेत आग्रह गरेका छन् ।

चार सहयाेगीहरूकाे समन्वयगत प्रतिबन्धबाट बेलारुसमाथि पश्चिमा राष्ट्रहरुको निराशा झल्किएकाे छ । बेलारुसका राष्ट्रपति अलेक्ज्याण्डर लुकाशेन्को प्रशासनबाट तत्काल कुनै प्रतिक्रिया आएको छैन् ।

गत वर्ष बेलारुसमा भएको राष्ट्रिपतिय निर्वाचनको विरोध भएको थियो । बेलारुसका हजारौ नागरिकहरुले राष्ट्रपति लकाशेन्कोको विरोधमा सडक प्रदर्शन गरेका थिए ।

लुकाशेन्को विगत २६ वर्षदेखि बेलारुसको नेतृत्व गर्दै आएका छन् । तर, यीनलाई बेलारुसको तानाशाहीको आरोप लाग्दै आएको छ ।

सन् २०२० को अगस्तमा भएको राष्ट्रपतिय निर्वाचनमा लुकाशेन्कोले ८० प्रतिशत भोट सहित आफु विजयी भएको भन्दै घोषणा गरेका थिए । तर, यसको सर्वसाधरणदेखि राजनीतिज्ञहरुले समेत विरोध गरेका थिए । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ