arrow

'खोप नलगाउने मुर्खहरुलाई सुँगुरका लागि राखेको खोप लगाउने'

logo
हाम्रा कुरा
प्रकाशित २०७८ असार ८ मंगलबार
rodrigo-duterte-philippine.jpg

काठमाडौं । फिलिपिन्सका राष्ट्रपति रोड्रिगो दुतेर्तेले कोरोना भाइरसविरुद्धको खोप नलगाउनेहरुलाई जेल हाल्ने चेतावनी दिएका छन् ।

कोरोना भाइरसको डेल्टा भेरिअन्टको संक्रमण अध्याधिक बढ्न थालेसँगै राष्ट्रपति दुतेर्तेले सबैलाई खोप लगाउन आग्रह गर्दै खाेप लाउन नमान्नेलाई कारवाही गर्ने चेतावनी दिएका हुन् ।

सोमाबारको सम्बोधनका क्रममा राष्ट्रपति दुतेर्तेले खोप नलगाउनेहरुलाई जेल हाल्ने चेतावनी दिएको अल जजिरा सञ्चारमाध्यमले उल्लेख छ ।

गत मार्चबाट फिलिपिन्सले खोप अभियान सुरु गरे पनि सबै मानिसहरु खोप केन्द्रमा गइरहेका छैनन् । यस्तोमा रिसले चुर हुँदै राष्ट्रपति दुतेर्तेले 'खोप नलगाउने मुर्खहरुलाई सुँगुरका लागि राखेको खोप लगाउने' भन्दै धम्की दिएका हुन् ।

हालसम्म विश्वभर कोरोना भाइरसविरुद्धको झण्डै साढे २ अर्ब डोज खोप लगाइसकिएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ