arrow

पोखराको हर्पन खोलामा डुबेर एक जनाको मृत्यु 

logo
हाम्रा कुरा
प्रकाशित २०७८ असार ८ मंगलबार
death-1618215084.jpg

पोखरा । पोखराको हर्पन खोलामा एक जना मृत भेटिएका छन् । मृत्यु हुनेमा पोखरा २३ कार्कीको तगारोस्थित माझथुका ४४ वर्षका नारायण प्रसाद अधिकारी रहेका छन् । उनी खोलाको बीच भागमा तैरिरहेको अवस्थामा भेटिएका हुन् ।

गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराका अनुसार अधिकारी सोमबार रातिदेखि हराइरहेका थिए । त्यसअघि उनले साथीहरुसंग बसेर पोखरा २३ को नयाँवस्तीस्थित यू एण्ड यू घले रेष्टुरेन्ट मादक पदार्थ सेवन गरेको प्रहरीले जनाएको छ । 

उनी घर फर्कने क्रममा बेपत्ता भएको प्रहरी उपरीक्षक विनोद सिलवालले जानकारी दिए । उनको मृत्युको कारण खुल्न सकेको छैन । यस विषयमा प्रहरीले अनुसन्धान भइरहेको एसपी सिलवालले बताए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ