arrow

अदालतको आदेश बुझ्नेलाई श्रीखण्ड नबुझ्नेलाई खुर्पाको बिंड: योगेश भट्टराई

logo
हाम्रा कुरा
प्रकाशित २०७८ असार ८ मंगलबार
yogesh-bhattrai3.jpg

काठमाडौं । एमाले नेता योगेश भट्टराईले मंगलबारको सर्बोच्च अदालतको फैसलाले एमालेको एकताको अपरिहार्यतालाई जोड गरेको प्रतिक्रिया दिएका छन् ।

सर्वोच्च अदालतले प्रधानमन्त्री केपी शर्मा ओलीले पछिल्लो पटक नियुक्त गरेका मन्त्रीहरुलाई जिम्मेवारीबाट मुक्त गरेपछि भट्टराईको उक्त प्रतिक्रिया आएको हो । उनले फैसलालाई एकताको पक्षमा उत्प्रेरणा मानेका छन् ।

भट्टराईले सामाजिक संजालमा लेखेका छन्, ‘अदालतका पछिल्ला फैसलाले नेकपा एमालेको एकताको अपरिहार्यतालाई नै जोड गरे जस्तो लाग्छ मलाई त । एकताको पक्षमा उत्प्रेरणा नै मान्नु पर्छ । बुझ्नु पर्नेहरुलाई यो एउटा पाठ हो । भन्छन नि बुझ्नेलाई श्रीखण्ड नबुझ्नेलाई खुर्पाको बिंड ।’



नयाँ