arrow

इजरायलले भारतलाई आवश्यक स्वास्थ्य सामाग्री उपलब्ध गराउने

logo
हाम्रा कुरा
प्रकाशित २०७८ असार ८ मंगलबार
israel-new-gov.jpg
फाइल तस्बिर

नयाँ दिल्ली। कोरोना भाइरसको दोस्रो लहरको सङ्कटमा इजरायलले भारतलाई आवश्यक स्वास्थ्य सामाग्री उपलब्ध गराउने भएको छ। इजरायलले भारतमा अक्सिजन जेनरेटर तथा अन्य स्वास्थ्य सामग्री उपलब्ध गर्ने बताइएको छ।

भारत इजरायलको नजिकको साझेदार रहेको र कोरोनाको सङ्कटमा भारतलाई सहयोग गर्ने इजरायली विदेश मन्त्री गाबि अश्केनाजिले बताएका छन्।

इजरायल र भारतबिच राजनीतिक, सुरक्षा तथा आर्थिक विषय लगायत बृहत् क्षेत्रमा रणनीतिक सम्बन्ध रहेको साथै एसिया प्यासिफिक क्षेत्रमा इजरायलका लागि भारत महत्त्वपूर्ण रहेको विदेश मन्त्री अश्केनाजिले बताएका छन्।

कोरोना महामारीमा भारतलाई आपत्कालीन सहयोग गर्नु साझेदारी र मित्रताको कर्तव्य रहेको उनले बताएको हिन्दुस्तान टाईम्सले लेखेको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ