arrow

अफगानिस्तानको हेरातमा बम विस्फोट हुँदा ६ जना रेलवे कर्मचारीको मृत्यु

logo
एजेन्सी
प्रकाशित २०७८ असार ९ बुधबार
bomb-blast.jpg
साङ्केतिक तस्बिर

काबुल। अफगानिस्तानको हेरात प्रान्तमा बम विस्फोट हुँदा ६ जना रेलवे कर्मचारीको मृत्यु भएको छ। अफगानिस्तानको खामा प्रेसले प्रहरी अधिकारीलाई उद्धृत गर्दै विस्फोटमा ६ जनाको मृत्यु भएको पुष्टि गरेको हो।

हेरात प्रान्तका गभर्नर सहिद अब्दुल वाहिद कतालीका अनुसार उक्त विस्फोटमा खाफ रेलवेका कर्मचारीलाई निशाना बनाइएको देखिएको छ। हेरात प्रान्तको घोराही जिल्लाको खाफ रेलवेका कर्मचारीलाई निशाना बनाइएको पाइएको हो।

गभर्नरले यस घटनाका बारेमा थप जानकारी उपलब्ध गराएका छैनन्। यस घटनाको कुनै पनि समूहले जिम्मेवारीसमेत लिएका छैनन्। हेरात प्रान्तको चौथो सेक्सनमा यो घटना भएको हो।

अफगानिस्तानमा तालिबानी आतङ्कवादी समूहबाहेक पनि विभिन्न अन्य विद्रोही समूहहरू रहेका छन्। यस्ता समूहहरूले आफ्नो पनि उपस्थिति छ भन्ने जनाउनका लागि यस किसिमका विस्फोटका घटनाहरू भइरहेको याहु न्यूजले लेखेको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ