arrow

भारतमा दैनिक संक्रमितको सङ्ख्या ५० हजारमा झर्‍यो

logo
पिटिआई,
प्रकाशित २०७८ असार ९ बुधबार
corona-india-delhi.jpg

नयाँ दिल्ली ।  भारतमा कोरोनाभाइरसबाट दैनिक संक्रमितको सङ्ख्या घट्दै गएर अहिले ५० हजारमा झरेको छ ।   त्यसैगरी कुल संक्रमितको सङ्ख्या भने तीन करोडभन्दा बढी पुगेको अधिकारीहरुले जानकारी दिएका छन् । 

कुल संक्रमितमध्ये पछिल्ला एक करोड पछिल्लो ५० दिनमा थपिएको सङ्घीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले जनाएको छ ।  मन्त्रालयका अनुसार भारतमा कोरोनाभाइरसबाट कुल संक्रमितको सङ्ख्या तीन करोड २८ हजार २०९ पुगेको छ । 

पछिल्लो २५ घण्टामा भने ५० हजार ८४८ जना संक्रमित थपिएको मन्त्रालयका अधिकारीहरुले बुधबार जानकारी दिएका छन् ।  सोही अवधिमा भारतमा कोरोनाका कारण एक हजार ३५८ जना जनाको मृत्यु भएको छ । योसँगै भारतमा अहिलेसम्म कुल संक्रमितको सङ्ख्या भने तीन लाख ९० हजार ६६० पुगेको छ । महामारी अन्त्य नभएको र मृत्यु हुनेक्रम नरोकिएकाले कुल मृतकको सङ्ख्या केही दिनमा चार लाख पुग्ने देखिएको छ । 

भारतमा पछिल्ला केही दिनदेखि दैनिक संक्रमित र मृतकको सङ्ख्या घट्दै गइरहेको छ ।   स्वास्थ्य मन्त्रालयले सार्वजनिक गरेको तथ्याङ्क अनुसार पछिल्लो २४ घण्टामा भारतमा ५४ लाख २४ हजारभन्दा बढीलाई कोरोनाविरुद्धको खोप लगाइएको छ । 

भारतमा अहिले पनि संक्रमित अवस्थामै रहेकाहरुको कुल सङ्ख्या छ लाख ४३ हजार १९४ रहेको छ । सक्रिय संक्रमितको सङ्ख्या पनि अहिले कम हुदै गएको हो ।   

त्यसैगरी पछिल्लो एक दिनमा भारतमा १९ लाख एक हजार ५६ जनाको कोरोना परीक्षण गरिएको छ । योसँगै भारतमा अहिलेसम्म कुल ३९ करोड ५९ लाख ७३ हजार १९८ पटक परीक्षण भएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ