arrow

न्यूजील्याण्डमा १२ देखि १५ वर्षसम्मका किशोर किशोरीलाई पनि खोप दिइने

logo
पिटिआई,
प्रकाशित २०७८ असार ९ बुधबार
newzealand-pm.jpg
फाइल तस्बिर

क्राइस्टचर्च, न्यूजील्याण्ड। न्यूजील्याण्डमा १२ देखि १५ वर्षसम्मका किशोर किशोरीहरूलाई पनि कोरोना भाइरस विरुद्धको खोप लगाइने भएको छ। न्यूजील्याण्डको औषधी नियामक निकायले फाइजर खोप सो उमेर समूहलाई लगाउन सकिने निष्कर्ष निकालेको हो।

यस सम्बन्धमा औषधी नियामक निकायले गरेको सिफारिसलाई मन्त्रिपरिषद्ले आगामी हप्ता पारित गर्ने अपेक्षा गरिएको अधिकारीहरूले जानकारी दिएका छन्। 

प्रधानमन्त्री जसिन्डा अर्डेर्नले मन्त्रिपरिषद्बाट यो प्रस्ताव पारित गरेपछि १२ देखि १५ वर्षसम्मका किशोर किशोरीहरूलाई खोप लगाउन थालिने भएको छ। यस वर्षको अन्त्यसम्ममा उनीहरूलाई खोप लगाएर सकिने अनुमान गरिएको छ।

अहिलेसम्म कोरोना भाइरसका कारण बालबालिकाहरूमा परेको असर तुलनात्मक रूपमा कम देखिएका छन्। विशेष गरेर उनीहरूलाई गम्भीर बनाएका घटना पनि कम भएको अधिकारीहरूले जनाएका छन्।

तर पनि उनीहरूलाई खोप लगाउनु पर्ने आवश्यकता देखिएको छ। उनीहरूलाई खोप लगाउने पर्ने मुख्य दुई कारण ठानिएको छ।

पहिलो कारण उनीहरू आफैँलाई धेरैले असर नपरे पनि उनीहरूले अरूलाई सार्न सक्ने सम्भावना रहने भएकाले उनीहरूलाई खोप लगाउनु पर्ने सुझाव आएको छ।

अर्को, बालबालिकालाई अहिले मृत्युकै घटना नभए पनि त्यसले दीर्घकालीन असर भने पर्ने देखिएको छ।

किशोर किशोरीहरूलाई पनि खोप लगाउने निर्णय अन्य केही देशहरूले पनि गरिसकेकाले न्यूजील्याण्डले समेत उनीहरूलाई खोप लगाउने निर्णय गर्न लागेको हो।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ