arrow

बेलायतमा गत फेब्रुअरीपछि सोमबार सबैभन्दा धेरै सङ्क्रमित देखिए

logo
रासस-सिन्ह्वा
प्रकाशित २०७८ असार ९ बुधबार
corona-variant.jpg

लण्डन। बेलायतका अधिकारीहरूले यहाँ कोरोना भाइरसको सङ्क्रमण दर फेरि बढ्न थालेको बताएका छन् । यहाँको स्वास्थ्य मन्त्रालयले यहाँ गएको फेब्रुअरी महिनादेखि यता दैनिक सबैभन्दा धेरै सङ्क्रमितहरू देखिन थालेको बताएको हो ।

यहाँ सोमबार मात्र ११ हजार ६२५ जना नयाँ सङ्क्रमित थपिएको यहाँको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ । चौबीस घण्टा यता यति धेरै सङ्क्रमित थपिएको गएको फेब्रुअरी महिनापछि यो पहिलो पटक भएको यहाँको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको मङ्गलवार बेलायतका सञ्चारमाध्यमहरुले जानकारी दिएका छन् । 

पछिल्ला यी सङ्क्रमितहरू समेत गरी आजसम्म बेलायतमा सङ्क्रमित हुनेको संख्या ४६ लाख ५१ हजार पुगेको पनि बताइएको छ । त्यसैगरी २४ घण्टामा यहाँ २७ जनाको कोरोनाका कारण निधन भएको छ । यो समेत गरी बेलायतमा यस सङ्क्रमणबाट १ लाख २८ हजार जनाको ज्यान गएको छ । 

उता सरकारले कोरोना भाइरसको सङ्क्रमणका कारण देशमा लगाएका प्रतिबन्धहरू हटाउने क्रममा रहेको बताएको छ । बेलायतका स्वास्थ्य मन्त्री म्याट ह्यानककले सो कुरा बताएका हुन् । उनले निकै लामो समयदेखि जारी रहेका कतिपय प्रतिबन्धहरू हटाउने प्रक्रियामा रहेको  बताएको समाचारमा जनाइएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ