arrow

नेपाललगायतका देशलाई खोप निर्यात गर्ने तयारीमा भारत

logo
हाम्रा कुरा
प्रकाशित २०७८ असार ९ बुधबार
india-khop.jpg

काठमाडौं । भारतले आफ्ना छिमेकी मुलुकहरुमा कोरोना भाइरसविरुद्धको खोप उपलब्ध गराउने तयारी गरेको छ।

भारतमा कोरोना भाइरसको संक्रमण बढेसँगै गत अप्रिलदेखि भारतले कोरोना भाइरसविरुद्धको खोप निर्यात रोक लगाएको थियो ।

उच्च स्रोतले दिएको जानकारी उदृत गर्दै भारतीय सञ्चारमाध्यम दि प्रिन्टले जुलाई अन्तिम या अगस्तको शुरुदेखि भारतले नेपाल, श्रीलंका, बंग्लादेश र भुटानलाई खोप निर्यात गर्ने तयारी गरिरहेको छ ।

हालकै अवस्था खोप कार्यक्रम सञ्चालन भएमा अगस्तसम्म भारतले करिब ४० प्रतिशत जनसंख्यालाई खोप लगाइसक्ने अनुमान गरिएको छ । आफुले राहत महसुस गरेलगत्तै छिमेकी मुलुकहरुलाई खोप दिने तयारी भारतले गरेको हो ।

सबैभन्दा पहिले भारतले नेपाललगायतका छिमेकी राष्ट्रहरुलाई अनुदान स्वरुप लाखौं डोज खोप उपलब्ध गराएको थियो ।

दुर्भाग्यबस भारतमा कोरोना भाइरसको संक्रमण हुवात्तै बढ्यो र खोप उत्पादनमा समेत कमि आउँदा भारतले खोप निर्यातमा रोक लगाएको थियो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ