arrow

भारतमा कोरोना सङ्क्रमण दर घट्दो

logo
हाम्रा कुरा
प्रकाशित २०७८ असार १० बिहिबार
corona-india-test5.jpg

नयाँ दिल्ली । भारतको मुख्य शहरहरुमा कोरोना भाइरस सङ्क्रमण घट्दो क्रममा रहेको छ । भारतको दिल्ली, गुजरात, महाराष्ट्र जस्ता मुख्य शहरहरुमा पछिल्लो समय कोरोना सङ्क्रमण दर घटिरहेको छ ।

कोरोना भाइरसकोे दोस्रो लहरको महामारी फैलिएको भारतमा पछिल्लो समय सङ्क्रमण दर घटिरहेको त्यहाँको स्वास्थ्य मन्त्रालयले जनाएको छ । त्यस्तै, कोरोना  बिरामी निको हुने दर पनि ८२ प्रतिशत पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । यद्यपि, विहार, राजस्थान, सिक्किम, तामिलनाडु, त्रिपुरा र पश्चिम बङ्गालमा भने कोरोना सङ्क्रमण केही वृद्धि भएको तथ्याङ्क रहेको भन्दै सुरक्षा सतर्कता अपनाउन मन्त्रालयले आग्रह गरेको छ । 

भारतमा कोरोना भाइरसको दोस्रो लहरको सुरुवातमा दैनिक चार लाखसम्मसङ्क्रमण दररहेको थियो भने पछिल्लो समय घटेर ५५ हजार औसतमा झरेको इन्डिया टुडेले लेखेको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ