arrow

कोरोना महामारी विरुद्ध भारतलाई सक्दो सहयोग गरिरहेको अमेरिकी भनाई

logo
हाम्रा कुरा
प्रकाशित २०७८ असार १० बिहिबार
India-USA-Flags.jpg

वासिंगटन । कोरोना भाइरस महामारी विरुद्धको अभियानमा अमेरिकाले भारतलाई सक्दो सहयोग गरिरहेको बताएको छ । अमेरिकाले भारतलाई खोप उत्पादन, बिक्री तथा वितरण गर्न अधिकार दिनुपर्ने भन्दै आलोचना भइरहेको बेला अमेरिकाले आफूले सक्दो सहयोग गरिरहेको बताएको छ । 

अमेरिकाले दक्षिण एसियाली साझेदार भारतलाई अक्सिजन तथा अन्य स्वास्थ्य सामग्री उपलब्ध गरिरहेको अमेरिकी राष्ट्रपति कार्यालय ह्वाइट हाउसले जनाएको छ । त्यस्तै अमेरिकाले खोप उत्पादनका लागि भारतलाई कच्चा पदार्थ पनि उपलब्ध गराएको छ । 

कोरोना महामारीको सङ्कटमा भारतलाई तत्काल सहायता गर्न अमेरिका सधैँ इच्छुक रहने र हालसम्म उल्लेख्य सहयोग गरेको राष्ट्रिय सुरक्षा सल्लाहकार जेक सुलिभनले बताएको वासिंगटन पोष्टले लेखेको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ