arrow

बेलायती युद्धपोत र रुसी सैन्य बलबीच 'ब्ल्याक सी'मा टकराव

logo
हाम्रा कुरा
प्रकाशित २०७८ असार १० बिहिबार
british warship.jpg

काठमाडौं । रुसले बुधबार बेलायती युद्धपोतसँग 'ब्ल्याक सी'काे तटमा रहेकाे क्रिमियाकाे जल क्षेत्रमा टकराव भएको बताएको छ । बुधबार बेलायती समुद्री युद्धपोत 'ब्ल्याक सी'हुँदै गएको थियो ।

सो क्रममा क्रिमियाको तटिय जलक्षेत्रमा पुगेपछि चेतावनी सहित 'फायर' गरेको र बेलायती युद्धपोतको बाटोमा बम खसालेको दाबी रुसले गरेको छ ।

यद्यपि, बेलायतले भने रुसी भनाईको अस्विकार गरेको छ । युद्धपोतको बाटोमा कुनै बम नखसेको र क्रिमियाको जलक्षेत्रमा समेत नपुगेको दाबी बेलायतले गरेको छ ।

बेलायती रक्षा विभागले यूक्रेनी क्षेत्रीय जल मार्ग अन्तर्राष्ट्रिय कानून बमोजिम भएको जनाएको छ । बेलायती प्रधानमन्त्री बोरिस जोनसोनका प्रवक्ताले रुसले फायर गरेको र रुसी जल क्षेत्रमा युद्धपोत पुगेको भन्ने दुवै कुरा गलत भएको बताएका छन् ।

दुबैपक्षबीच कुन पक्षको भनाइ साँचो भन्ने यकिन हुन नसकेपनि बेलायती युद्धपोत बुधबार सो क्षेत्र हुँदै गएको थियो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ