arrow

पृथ्वीमा पाँचौं समुद्रकाे आधिकारीक घोषणा

logo
हाम्रा कुरा
प्रकाशित २०७८ असार १० बिहिबार
southern-ocean.jpg

काठमाडौं । पृथ्वीको करिब ७१ प्रतिशत भाग पानीले भरिएको छ अर्थात पृथ्वीमा एक तिहाइ मात्रै जमिन छ । भुगोलबारे जानकारी भएका धेरै जसोलाई थाहा हुन्छ कि पृथ्वीमा चार समुद्र छन् भनेर ।

तर, विश्वको एक प्रतिष्ठित र प्रशिद्ध मानचित्र निर्माता नेशनल ज्योग्राफिकले पृथ्वीमा पाँचौं महासागरको उपस्थिति घोषणा गरेको छ।

अन्टारटिकालाई चारैतिरबाट घेर्ने जलसागर जसलाई साउथ ओसन अर्थात दक्षिणी महासागर भने नाम दिइएको छ ।

प्रशान्त महासागर, हिन्द महासागर, आन्ध्र महासागर, आर्कटिक महासागरसँगै पाँचौमा अब, दक्षिणी महासागर थपिएको हो ।

यद्यपि यो नयाँ उत्पत्ती भएको समुद्र भने हैन्, ३ करोड वर्षअघि अन्टार्कटिका र दक्षिण अमेरिका विभाजित हुँदा यो जलसागर अस्तित्वमा आएको थियो ।

दक्षिणी महासागर मात्रै तीन अन्य महासागरलाई छुने सागर बनेको छ । ऐतिहासिक रूपमा चार महासागरहरू मानिए पनि अब पृथ्वीमा पाँच महासागर भएका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ