arrow

फिलिपिन्सका पूर्व राष्ट्रपति अक्वीनोको निधन

logo
एएनआई,
प्रकाशित २०७८ असार १० बिहिबार
Benigno Aquino.jpg

मनिला । फिलिपिन्सका पूर्व राष्ट्रपति बेनिग्नो अक्वीनोको ६१ वर्षको उमेरमा बिहीबार बिहान निधन भएको छ ।  लामो समयदेखि सख्त बिरामी परेका अक्वीनो सन् २०१० देखि २०१६ सम्म फिलिपिन्सको राष्ट्रपति थिए । उनको शासनपछि फिलिपिन्सको राष्ट्रपति रोड्रिगो डुटर्टे बनेका थिए ।

फिलिपिन्सको सर्वोच्च अदालतका न्यायाधीश मार्भिक लियोनेनले एक विज्ञप्ति प्रकाशन गरी पूर्व राष्ट्रपति अक्वीनोको निधनको खबरले आफूलाई स्तब्ध बनाएको बताएका छन् । 

अमेरिकी समाचार संस्था सिएनएनका अनुसार “नोयनोय” का उपनामले चिनिने अक्वीनको फिलिपिन्सको राजधानीस्थित क्यापिटोल मेडिकल सेन्टरमा निधन भएको थियो ।

फिलिपिन्सका अर्थशास्त्री समेत रहेका अक्वीनोले सन् १९९८ मा राजनीतिमा आउनु अघि चिनीको व्यापार गर्थे। सन् २००७ मा सिनेटमा निर्वाचित हुनुअघि उनी तीन पटक प्रतिनिधिसभाको सदस्य चुनिएका थिए ।

फिलिपिन्सका लोकप्रिय प्रजातान्त्रिक नेता सिनेटर बेनिग्नो “निनोय” अक्वीनो र पूर्व राष्ट्रपति कोराजोन अक्वीनोका एक मात्र छोरा थिए । 

फिलिपिन्सका पूर्व तानाशाह फर्डिनान्ड मार्कोसको शासनप्रति बिमती राख्ने उनका बुबाको संयुक्तराज्य अमेरिकाको निर्वासनबाट स्वदेश फर्कनेक्रममा सन् १९८३ मा हत्या गरिएको थियो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ