arrow

जनकपुरको बजेट १ अर्ब ४७ करोड 

logo
निरञ्जन कुमार साह,
प्रकाशित २०७८ असार १० बिहिबार
janakpurdham.jpeg

जनकपुरधाम । जनकपुरधाम उप-महानगरपालिकाले अगामी आर्थिक वर्ष २०७८-०७९ को लागि एक अर्बभन्दा बढीको बजेट विनियोजन गरेको छ । उप-महानगरपालिकाका उप-मेयर रिता कुमारी झाले बिहीबार प्रस्तुत गरेको बजेटमा कुल १ अर्ब ४७ करोड ३० लाख ८३ हजार रकम विनियोजन गरेको जानकारी गराइन्।

विनियोजन मध्ये चालु खर्च ९८ करोड २० लाख ६० हजार र पुँजीगत तर्फ ४९ करोड ५० लाख २३ हजार विनियोजन गरिएको छ । 

प्रस्तुत गरेको बजेटमा सङ्घीय सरकारबाट सशर्त अनुदान बापत प्राप्त हुने रकम ५२ करोड ७० लाख र प्रदेश सरकारबाट प्राप्त हुने सशर्त अनुदान बापतको रकम १ करोड ५० लाख उल्लेखित खर्च शीर्षकमा नै खर्च गर्न विनियोजित गरेको बताइन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ