arrow

बाल शिक्षिका र विद्यालय सहयोगीको तलब १५ हजार

logo
हाम्रा कुरा
प्रकाशित २०७८ असार ११ शुक्रबार
Taplejung_District.png

ताप्लेजुङ। पाथीभरा याङ्वरक गाउँपालिकाले सामुदायिक विद्यालयमा कार्यरत बाल शिक्षिका र विद्यालय सहयोगीको तलब वृद्धि गरेको छ । बिहीबार आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम सार्वजनिक गर्दै गाउँपालिकाले बाल शिक्षिका र विद्यालय सहयोगीको तलब वृद्धि गरी मासिक रु १५ हजार पुर्‍याउने जनाएको हो । 

यस्तै गाउँपालिकाले शिक्षकहरूको क्षमता विकासका लागि आवश्यक तालिम तथा कार्यक्रम सञ्चालन गर्ने भएको छ । पठनपाठनलाई प्रभावकारी बनाउनका लागि शिक्षकहरूको क्षमता वृद्धि गर्ने योजना बनाइएको गाउँपालिका अध्यक्ष केशर मेन्याङ्बोले बताए । 

गाउँपालिकाभित्रका विद्यालयलाई प्रविधिमैत्री बनाउँदै लगिने र त्यसका लागि विद्यालयहरूमा इन्टरनेटलगायतका विद्युतीय सामग्री जडान गरिने भएको छ । विद्यार्थीको शारीरिक र बौद्धिक क्षमता विकासका लागि विभिन्न खेलकुद कार्यक्रम सञ्चालनका लागि आवश्यक बजेट विनियोजन गर्ने गाउँपालिकाले जनाएको छ । पालिकाको बिहीबार सम्पन्न १० औँ गाउँ सभामा आगामी आर्थिक वर्षका लागि रु ४२ करोड २९ लाख ६८ हजार २९० को बजेट प्रस्तुत भएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ