arrow

६० प्रतिशत जनसंख्यालाई चिनियाँ खोप लाएका देशमा बढ्यो संक्रमण

logo
हाम्रा कुरा
प्रकाशित २०७८ असार ११ शुक्रबार
Vaccine-sinopharm_1618207687.jpg

काठमाडौं । आफ्नो जनसंख्याको करिब ६० प्रतिशत नागरिकलाई पूर्णरुपमा अर्थात दुवै डोज खोप लगाइसकेका देशमा कोरोना भाइरसको संक्रमण बढेको छ । कोरोना भाइरसविरुद्धको खोप गणना गरिरहेको वेबसाइट आवरवल्र्ड इन डेटाका अनुसार (शुक्रबार बिहानसम्म) मंगोलियाले आफ्नो जनसंख्याको करिब ५८ प्रतिशतलाई चिनियाँ खोपको दुवै डोज खोप लगाइसकेको छ । 

यस्तै बहराइनले ६१ प्रतिशत जनसंख्यालाई खोप लगाइसकेको छ । सानो अफ्रिकी टापु मुलुक सेशेल्सले त आफ्नो जनसंख्याको ७१ प्रतिशत जनसंख्यालाई खोप लगाइसकेको छ ।

तीन देशकाे काेराेना खाेप डेटा

तीन देशकाे काेराेना खाेप डेटा

विश्वभर करिब ९० देशहरुले कोरोना भाइरसविरुद्ध चीनले उत्पादन गरेको खोप लगाइरहेका छन् । 

तर, मंगोलिया, सेशेल्सलगायतका देशमा कोरोना भाइरसको संक्रमण झनै बढ्दा चिनियाँ खोपको प्रभावकारीतामाथि नै आशंका उब्जिएको छ ।

यी देशहरुमा संक्रमण बढ्दा खासगरी चिनियाँ खोप नयाँ भेरिअन्टहरुविरुद्ध प्रभावकारी हुन नसककोको हो कि भन्ने आशंका बढेको हो ।

मंगाेलियाकाे संक्रमणदर

हङकङ विश्वविद्यालयका 'भाइरोलोजिस्ट' जीन डोंग्यानले 'खोप पूर्णरुपमा प्रभावकारी भएमा यस्तो नहुनु पर्ने' बताएका छन् । यसका लागि 'चीन जिम्मेवार देखिएको' उनको भनाइ छ ।

यद्यपि चीनको विदेश मन्त्रालयले भने, 'कोरोना भाइरसको संक्रमण बढ्नु र खोपबीच कुनै सम्बन्ध नभएको' बताएको छ । विदेशमन्त्रालयद्वारा जारी बयानमा चिनियाँ खोप कोरोनाविरुद्ध काम गर्न पूर्णरुपमा प्रभावकारी रहेको उल्लेख छ ।

कोरोना भाइरसविरुद्धको चिनियाँ सरकारी फार्मास्युटिक कम्पनी सिनोफार्मले उत्पादन गरेको खोप ५१ प्रतिशत मात्रै प्रभावकारी देखिएको थियो भने, फाइजर, मोडर्ननाको खोप ९१ प्रतिशत प्रभावकारी देखिएको थियो ।

यस्तै अक्सोफोर्ड तथा एस्ट्राजेनेका खोप ७८ प्रतिशतदेखि ९० प्रतिशत प्रभावकारी देखिएको थियो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ