arrow

जापानमा फेरि स्वास्थ्य सङ्कटकाल घोषणा हुनसक्ने स्वास्थ्य मन्त्रीको चेतावनी

logo
रासस‍-एएनआई
प्रकाशित २०७८ असार ११ शुक्रबार
japan-corona.jpg
फाइल तस्विर।

टोकियो । जापानमा फेरि स्वास्थ्य सङ्कटकाल लगाउने सम्भावना रहेको दाबी गरिएको छ । जापानका स्वास्थ्य मन्त्री टमुरा नोहिहिसाले सरकारले फेरि अर्को पटक सङ्कटकाल घोषणा गर्न सक्ने बताएका छन् । 

उनले कोरोनाभाइरसको महामारी अपेक्षित रूपमा न्यूनीकरण नभएमा र टोकियो ओलम्पिकलाई बाधा नपुगोस् भन्ने उद्देश्यले फेरि सङ्कटकाल लगाउन पर्न सक्ने शुक्रवार बताए । जापानको राजधानी समेत पर्ने टोकियो महानगरपालिका भित्र मात्रै बिहीबार एक दिनमा ५ सय ७० जना नयाँ सङ्क्रमित भेटिएका छन् ।  

टोकियोमा दैनिक सङ्क्रमितको सङ्ख्या फेरि बढ्दै गएकाले फेरि सङ्कटकालको खतरा बढेको उनले पत्रकार सम्मेलनमा बताए । अहिलेको अवस्था हेर्दा सङ्क्रमितको सङ्ख्या थप बढ्दै जाने देखिएको पनि उनले पत्रकारहरूलाई जानकारी दिए । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ