arrow

अस्ट्रेलियाको सिड्नीमा १४ दिने लकडाउन

logo
एएनआई,
प्रकाशित २०७८ असार १२ शनिबार
Australia.jpg
फाइल तस्बिर

क्यानबेरा। अस्ट्रेलियाको सिड्नीमा शनिबारेदेखि १४ दिने लकडाउन सुरु भएको छ। विशाल सिड्नी, ब्ल्यु माउन्टेन्स, सेन्ट्रल कोष्ट र वोलोङगोङ लगायतका क्षेत्रमा लकडाउन लागू गरिएको अधिकारीहरूले जनाएका छन्।

कोरोना भाइरसको डेल्टा भेरियन्टको महामारी थप फैलिने खतरा रहेकाले लकडाउन लगाउनु परेको अधिकारीहरूको भनाइ छ। अहिले घोषणा गरिएको लकडाउन अघिल्ला पटकभन्दा कडा गरिने पनि सरकारी अधिकारीहरूले जानकारी दिएका छन्।

त्यसै गरी न्यू साउथ वालेस (एनएसडब्लु)मा पनि पाँच जनाभन्दा बढी हिँड्न नपाउने व्यवस्थासहित निषेधाज्ञा लागू गरिएको छ। बाहिरी गतिविधिहरूमा ५० प्रतिशत क्षमताको मात्रै गर्न अनुमति दिइने गरिएको छ।

घरभित्र वा बाहिर जहाँ गरिने काममा पनि मास्क अनिवार्य लगाउनुपर्ने र चार वर्गमिटर दूरी अनिवार्य हुनुपर्ने व्यवस्था गरिएको छ। शनिवार बिहान ६ बजेदेखि सुरु भएको लकडाउन आगामी जुलाई ९ तारिखको मध्यरातसम्म कायम रहने भएको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ