arrow

आफ्नै सहयोगीसँग चुम्बन गरेको भिडियो बाहिरिएपछि बेलायतका स्वास्थ्य मन्त्रीले दिए राजीनामा

logo
हाम्रा कुरा
प्रकाशित २०७८ असार १३ आइतबार
matt hancocok.JPG

काठमाडौं। बेलायती स्वास्थ्य मन्त्री म्याट ह्यान्ककले पदबाट राजीनामा दिएका छन् । आफ्नी नजिकी सहयोगी एवं बेलायती करोडपति ओलिभर ट्रेससँग विवाहित जीना कालाडांगेलोलाई चुम्बन गरेको भिडियो बाहिरिएपछि उनले राजीनामा दिएका हुन् ।

बेलायती पत्रिका दि सनले सार्वजनिक गरेको भिडियामा स्वास्थ्य सेवा विभागभित्र उनीहरुले चुम्बन गरेको दाबी गरिएको छ । योसँगै उनले सामाजिक दुरीको नियम ताडेको भन्दै आरोप लागेपछि उनको राजीनामाको माग भएको थियो । त्यसपछि ह्यान्ककले राजीनामा दिएका हुन् ।

ह्यान्कक मार्थ होयर मिलरसँग विवाहित हुन् । यद्यपी उनको सम्बन्ध जीना कालाडांगेलोसँग रहेको कुराहरु बारिहने गरेका थिए । ह्यान्ककले १५ बर्ष लामो वैवाहिकसम्बन्ध समेत तोडेको बताइएको छ ।

आफ्नै श्रीमानको व्यापार सम्हाल्दै आएकी जीना कालाडांगेलोलाई स्वास्थ्य सेवा विभागमा गैर कार्यकारी निर्देशकको भूमिका दिइएको थियो । यद्यपि, उनी ह्यान्ककलाई भेट्नको लागि विभागमा जाने गरेको आरोप लाग्दै आएको थियो ।

मार्था र ह्यान्कका तीन सन्तान छन् भने जीना कालाडांगेलो र ओलिभर ट्रेसका पनि तीन सन्तान रहेका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ