arrow

इद मनाउन फर्किएकाहरूमाथि इन्डोनेसियामा प्रतिबन्ध, चिनियाँ कामदारले उठाए प्रश्न

logo
एजेन्सी
प्रकाशित २०७८ असार १३ आइतबार
indonesia.jpg.jpeg
फाइल तस्बिर

इन्डोनेसिया। इद मनाउन घर फर्किएका चिनियाँहरूमाथि इन्डोनेसियाले प्रतिबन्ध लगाएको छ। इन्डोनेसियाका विभिन्न परियोजनाहरूमा काम गरिरहेका हजारौँ कामदारहरू इद मनाउन चीन फर्किएका थिए। इद सकिएपछि काममा फर्किन लागेकाहरूलाई इन्डोनेसियाले प्रतिबन्ध लगाएको छ। कोरोना महामारीको उद्गम मुलुक चीनमा कोरोना भाइरसको सङ्क्रमण फैलिन सक्ने भन्दै चीनले प्रतिबन्ध लगाएको हो।

चीनबाट फैलिएको कोरोना महामारी नियन्त्रण आउन नसकेको अवस्थामा फेरि सङ्क्रमण फैलिने र भयावह बन्न सक्ने भन्दै इन्डोनेसियामा प्रतिबन्धहरू लगाइएको छ। गत महिना चीनबाट भएको चार्टर उडानमार्फत चिनियाँहरू स्वदेश फर्किएका थिए। उनीहरू इन्डोनेसियाका विभिन्न परियोजनाहरूमा कार्यरत थिए।

इद सकिएपछि फर्किन लागेका केहीलाई कोरोना सङ्क्रमण पोजेटिभ देखिएपछि इन्डोनेसियाले प्रतिबन्ध लगाएको हो। इन्डोनेसियाले आफ्ना नागरिकहरूलाई पनि अनावश्यक आवतजावत नगर्न र सार्वजनिक स्थलमा भेला हुन प्रतिबन्ध लगाएको छ।

इन्डोनेसियाका सांसद नेट्टी प्रसेतिनीले आइतबार एक विज्ञप्ति जारी गर्दै चिनियाँ नागरिकलाई इन्डोनेसियामा प्रवेश गर्न अनुमति तत्काल दिन नहुने बताएकी छन्। कोरोना महामारी फेरि भयावह बन्न सक्ने उल्लेख गर्दै उनले चिनियाँहरू आउँदा खतरा हुने बताएकी हुन्।

इन्डोनेसियामा कोरोना नियन्त्रणका लागि विभिन्न स्वास्थ्य मापदण्डका साथै खोप अभियान पनि सञ्चालन गरिएको चाइना साउथ मर्निङ पोष्टले लेखेको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ