arrow

विपक्षी रहित हङकङको संसद्ले पारित गर्‍यो 'चाइना लोयल्टी ल'

logo
एजेन्सी
प्रकाशित २०७८ असार १३ आइतबार
hongkong-security-office.jpg
फाइल तस्बिर

हङकङ। हङकङको संसद्ले चीनप्रति वफादार हुने कानुन पारित गरेको छ। विपक्षीरहित हङकङको संसद्ले बुधवार सरकारी कार्यालयमा रहेका विपक्षीहरूलाई बर्खास्त गर्ने र चीनप्रति वफादार हुने कानुन पारित गरेको छ।

हङकङमा विपक्षीरहित विधायिकाले बुधवार नयाँ विधेयकलाई अनुमोदन गरेको हो। सरकारले विपक्षीहरूलाई बर्खास्त गर्ने र निर्वाचनमा उम्मेदवारहरूलाई स्थानीय अधिकारीको निगरानीमा निर्वाचन गरिने प्रावधान उल्लेख गरिएको छ।

नयाँ सुरक्षा कानुन जारी गर्दै चीनविरोधीहरूलाई स्थानीय अधिकारीको निगरानीमा निर्वाचन गरिने प्रावधान उल्लेख गरिएको छ। चीनले नियन्त्रणका लिइरहेको हङकङमा फेरि चीनप्रति वफादार हुने कानुन पारित गरिएको हो। हङकङमा पछिल्लो समय व्यापक परिवर्तन भएको छ र यस कानुनले अब हङकङमा कसैले पनि चीनको विरोध गर्न नपाउने भएका छन्। राजनीतिमा “कट्टर देशभक्त” मात्र  हुने सुनिश्चितताका लागि यो कानुन ल्याइएको बताइएको छ।

व्यापक राष्ट्रिय सुरक्षा कानुनपछि बाँकी रहेका राजनीतिक परिवर्तनको आकाङ्क्षा बोकेका असन्तुष्टहरूलाई हटाउनका लागि व्यापक अभियानको एक हिस्साको रूपमा यसलाई लिइएको छ। सन् २०१९ मा हङकङमा भएको व्यापक विरोध प्रदर्शनलाई नियन्त्रणमा लिन चीन सरकारले हङकङका लागि नयाँ सुरक्षा कानुन जारी गरेको थियो।

हालको राजनीतिक गतिरोध अघि गत वर्षको विपक्षी सभासद्हरूको सफाया गरिएको थियो। प्रजातन्त्र पक्षधर १० जना सांसदहरूलाई निलम्बन गरिएपछि हङकङको संसद् विपक्षी विहीन भएको थियो।

सिन्जियाङमा जातीय सफाया गरिरहेको चिनियाँ कम्युनिस्ट पार्टीले हङकङमा राजनीतिक सफाया गरिरहेको छ। हङकङको विषय चीनको आन्तरिक मामिलामा भएकोले यसमा प्रवेश नगर्न पनि चिनियाँ कम्युनिस्ट पार्टीले अमेरिका, बेलायतलगायतका पश्चिमा मुलुकहरूलाई चेतावनी दिएको हिन्दुले लेखेको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ