arrow

कोरोनाको डेल्टा भेरिअन्ट अहिलेसम्मकै सबैभन्दा बढी संक्रामकः डब्लुएचओ

logo
हाम्रा कुरा
प्रकाशित २०७८ असार १३ आइतबार
world-health-organization-who.jpg

काठमाडौं । विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)ले कोरोना भाइरसको डेल्टा भेरिअन्ट सबैभन्दा बढी संक्रामक रहेको बताएको छ । शुरुमा भारतमा भेटिएको डेल्टा भेरिअन्ट अहिले विश्वका ८५ भन्दा बढी देशहरुमा फैलिसकेको छ ।

यस्तोमा विश्व स्वास्थ्य संगठनका प्रमुख टेड्रोस एड्हानोम गेहब्रेयससले डेल्टा भेरिअन्ट अहिलेसम्म देखिएका अन्य भेरिअन्टमध्ये सबैभन्दा बढी संक्रामक रहेको बताएका हुन् ।

जेनेभामा भएको पत्रकार सम्मेलनमा बोल्दै उनले खोप नलगाएका मानिसहरुमा डेल्टा भेरिअन्ट सबैभन्दा तिव्ररुपमा फैलिरहेको प्रमुख गेहब्रेयससले बताएका हुन् ।

पछिल्लो समय भारत, नेपालगायतका देशमा कोरोना भाइरसको संक्रमण ह्वात्तै बढ्नुमा डेल्टा भेरिअन्ट नै जिम्मेवार रहेको देखिएको छ ।

उनले कोरोना भाइरसका नयाँ भेरिअन्टहरु पनि थपिने बताएका छन् । डेल्टा धेरै संक्रामक हुँदा बढी मानिस संक्रमित हुने र बढीले ज्यान गुमाउनसक्ने भन्दै उनले स्वास्थ्य मापदण्डको पालना गर्न जरुरी रहेको बताएका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ