- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौं । अमेरिकाले इराक र सिरियामा रहेका इरान समर्थीत लडाकु सुविधा क्षेत्रमा हवाइ आक्रमण गरेको छ ।अमेरिकी सेनामाथि भएको हमलाको बदलामा इरान समर्थीत लडाकुको 'अपरेसनल' र हतियार भण्डारण सुविधामा आक्रमण गरेको पेन्टागनले पुष्टि गरेको हो ।
कताइब हेजबुल्लाह र कताइब सय्यद अल शुहादा लडाकु समहुका सिरियामा रहेका दुई र इराकमा रहेको एक हतियार सुविधा केन्द्रमा आक्रमण गरेको पेन्टागनद्वारा जारी वक्तव्यमा उल्लेख छ ।
अमेरिकी राष्ट्रपति जो बाइडेनले सेनाको सुरक्षा पहिलाे प्राथमिकता भएकाे बताउँदै आएका थिए। राष्ट्रपति बाइडेनले ह्वाइट हाउस प्रवेश गरेयता यो दोस्रो पटकको आक्रमण हो ।
आक्रमणममा परेर कम्तिमा पाँच लडाकुहरुको ज्यान गएको बेलायत आधारित एक मानवअधिकारवादी अनुगमन समुहले जनाएकोछ । यद्यपि, पेन्टागनले भने घाइते र ज्यान गुमाउनबारे विवरण उल्लेख गरेको छैन ।
इराकमा रहेको अमेरिकी सैन्य क्याम्पमा थुप्रै पटक ड्रोन हमला भएका छन् । यद्यपि, यी हमलामा इरानले आफ्नो संलग्नताको अस्वीकार गरेको छ ।
इराककमा करिब २ हजार ५ सय अमेरिकी सेना रहेका छन् । सन् २००९ देखि अमेरिकाले कताइब हेजबुल्लाह लडाकु समुहलाई आतंकारी संगठनको सुचिमा राखेको छ ।