arrow

पाकिस्तानमा इन्टरनेट स्वतन्त्रतामाथि नियन्त्रण

logo
एजेन्सी
प्रकाशित २०७८ असार १४ सोमबार
internet-.jpg
फाइल तस्बिर

इस्लामाबाद। पाकिस्तानमा इन्टरनेट स्वतन्त्रता कम रहेको एक रिपोर्टले सार्वजनिक गरेको छ। पाकिस्तान सरकारले साइबर अपराध कानुनको सहारामा इन्टरनेट स्वतन्त्रतामा अकुंस लगाउने काम गरेको एक रिपोर्टले जनाएको हो।

इन्स्टिच्युट फर रिसर्च, एड्भोकेसी एन्ड डेभेलपमेन्टले पाकिस्तानको वार्षिक कानुनी समीक्षा २०२० मार्फत यस्तो रिपोर्ट सार्वजनिक रहेको हो। रिपोर्टमा पाकिस्तानमा मिडिया तथा इन्टरनेट स्वतन्त्रताको अवस्था नाजुक रहेको उल्लेख छ।

पाकिस्तानमा साइबर अपराध कानुनको नाममा मिडिया स्वतन्त्रतामाथि अकुंस लगाउने काम भइरहेको विश्लेषण रिपोर्टमा गरिएको छ। पाकिस्तानमा प्रेस स्वतन्त्रता, अभिव्याप्ति तथा इन्टरनेटमा पहुँच राख्ने स्वतन्त्रतामाथि सरकारले निगरानी र नियन्त्रण गर्दै आएको अल अरेबिया पोष्टले लेखेको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ