arrow

इरानले आणविक हतियार नपाउने बाइडेनले इजरायली राष्ट्रपतिलाई गराए सुनिश्चित

logo
सिन्ह्वा,
प्रकाशित २०७८ असार १५ मंगलबार
joe-biden2.jpg

वासिङ्टन । अमेरिकी राष्ट्रपति जो बाइडेन र इजरायली राष्ट्रपति रेभन रिभलिनबीच भेटवार्ता भएको छ ।अमेरिकी राष्ट्रपति बाइडेनले सोमबार ह्वाइट हाउसमा इजरायली राष्ट्रपति रिभलिनसँग वार्ता गरेका हुन् । उनीहरुबीच अमेरिका र इजरायलबीचको द्धिपक्षीय हितका साथै अन्य कूटनीतिक विषयहरुमा कुराकानी भएको बताइएको छ ।

हाल इजरायलका राष्ट्रपति रिभलिन अमेरिकाको भ्रमणमा रहेका छन् । सो भेटका क्रममा उनीहरुबीचमा इरानका विषयमा पनि कुरा भएको थियो । इरानले कुनै पनि हालतमा आणविक हतियार नपाउने विषयमा अमेरिकी राष्ट्रपति बाइडेनले इजरायली राष्ट्रपतिलाई सुनिश्चित गराएका थिए ।

त्यस भेटका क्रममा अमेरिकी राष्ट्रपति बाइडेनले इजरायली प्रधानमन्त्री नाफ्ताली बेनेटलाई छिट्टै नै अमेरिका भ्रमणका लागि आमन्त्रण गर्ने जानकारी पनि दिएका थिए । त्यस क्रममा उनले यस क्षेत्रमा इजरायलको अरु देशहरुसँगको सम्बन्धलाई सामान्य बनाउने विषयमा पनि कुराकानी गरेका थिए । अमेरिकाले सो कार्यका लागि इजरायललाई सहयोग गर्ने पनि बताएका थिए ।

उनको आगामी महिना राष्ट्रपति पदको कार्यकाल सकिन लागेको छ । त्यस अगावै उनी अहिले अमेरिकाको भ्रमणमा रहेका छन् ।  इजरायलमा राष्ट्रपतिको पद आलंकारिक रहन्छ । त्यहाँ राष्ट्रपतिको कार्यकारी अधिकार थोरै मात्र रहेको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ