एस्ट्राजेनेकापछि फाइजरको दोस्रो डोज लगाउँदा प्रभावकारी
हाम्रा कुरा
प्रकाशित २०७८ असार १५ मंगलबार
881
Shares
काठमाडौं। कोरोना भाइरसविरुद्ध दुई फरक फरक खोप लगाउँदा प्रभावकारीता बढेको पाइएको छ ।सोमबार प्रकासित भएको अक्सफोर्डको एक अध्ययनका अनुसार एस्ट्राजेनेकाकाे खोप लगाएको चार हप्तापछि दोस्रो डोजका रुपमा फाइजरको खोप लगाउँदा प्रभावकारीता बढेको पाइएको हो ।
यसले केही युरोपेली मुलुकहरुमा एस्ट्राजेनेकाको दोस्रो डोजका रुपमा फाइजरको खोप लगाउने अर्काे विकल्प देखाएको छ ।
केही युरोपेली मुलुकहरुले एस्ट्राजेनेकाको दोस्रो डोज खोप लगाएपछि 'ब्लड क्लट' हुने समस्या देखिएको बताएका थिए ।
परीक्षणमा सलग्न अक्सफोर्ड विश्व विद्यालयका प्रोफेसर, म्याथ्यु स्नेपले केही थप प्रभावकारी देखिएपनि व्यापकरुपमा यसको अनुमोदन दिन अहिले नै उपयुक्त भने भइनसकेको संकेत गरेका छन् ।
यद्यपि, फाइजरकै दुवै डोज लिने व्याक्तिमा सबैभन्दा बढी एन्टीबडी विकसित भएको पाइएको छ ।
दोस्रोमा पहिलो डोज एस्ट्राजेनेका र दोस्रो डोज फाइजरको खोप लिने र तेस्रो नम्बरमा दुबै डोज एस्ट्राजेनेकाको लगाउने व्याक्तिमा एन्टीबडी विकसित भएको पाइएको छ ।