इजरायल-अरब सम्बन्धले रच्याे नयाँ इतिहास, विदेशमन्त्री याएर लापिड युएईको भ्रमणमा
हाम्रा कुरा
प्रकाशित २०७८ असार १५ मंगलबार
634
Shares
काठमाडौं। याएर लापिड इतिहासमै पहिलो पटक युनाइटेड अरब एमिरेट्स(युएई)को औपचारिक भ्रमण गर्ने पहिलो इजरायल विदेशमन्त्री बनेका छन् ।
मंगलबार अबुधावीमा इजरायल राजदुतावास र वाणिज्य दुतावासको उद्घाटन गर्न याएर लापिड युएई पुगेका हुन् ।
इजरायलको नयाँ सरकारका नयाँ मन्त्रीका रुपमा रहेका लापिडलाई युएई समकक्षी अब्दुल्ला बिन जाएद अल नाह्यानले स्वागत गरेका छन् ।
यसका साथै दुवै समकक्षीबीच बहुपक्षीय हित र सम्बन्धका बिषयमा छलफल हुने बताइएको छ ।
करिब साढे चार महिनाअघि देखि राजदुतावास सञ्चालनमा आएपनि अहिले विदेशमन्त्री लापिडको भ्रमणले अरब मुलुक र इजरायलबीचको सम्बन्धलाई नयाँ इतिहासका रुपमा स्थापीत गरिदिएको छ ।