arrow

क्यानडामा अहिलेसम्मकै उच्च तापक्रम, १ सय ३० भन्दा बढीको मृत्यु

logo
हाम्रा कुरा
प्रकाशित २०७८ असार १६ बुधबार
canada hot.jpg

काठमाडौं । क्यानडाकाे तापक्रम अहिलेसम्मकै उच्च बिन्दुमा मापन भएको छ । मंगलबार क्यानडाको ब्रिटिस कोलम्बिया राज्यको लिट्टनमा अहिलेसम्मकै उच्च ४९.५ डिग्री सेन्टीग्रेट मापन गरिएको छ ।

ब्रिटिस कोलम्बिया राज्यकै भ्यानकुभर शहरमा सुरक्षा अधिकारीहरुले गत शुक्रबारदेखि १ सय ३० भन्दा बढी अचानक मृत्यु भएका घटनाहरु फेला पारेको छ ।

यसरी ज्यान गुमाउनेमा धेरै जसो बढी उमेर समुहका र यसअघि नै अन्य स्वास्थ्य समस्या भएकाहरु रहेका छन् ।

यसअघि क्यानडमा ५४ डिग्री भन्दा बढी तापक्रम मापन गरिएको थिएन । भ्यानकुभरमा ६५ जनाले अचानक ज्यान गुमाएको घटना पनि अत्यधिक तापक्रमसँग सम्बन्धीत रहेको हुनसक्ने अनुमान अधिकारीहरुको छ ।

यसरी अत्यधिक तापक्रम बढ्नुको कारण विद्यमान मौसमीय गतिविधि र खासगरी विश्वव्यापी जलवायु परिवर्तन समेत रहेको बताइएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ