arrow

चीनले कोरोनालाई तेस्रो विश्वयुद्धको रूपमा प्रयोग गरेको अमेरिकी दाबी

logo
एजेन्सी
प्रकाशित २०७८ असार १६ बुधबार
china-news-@.jpg.jpeg

काठमाडौँ। चीनको वुहानबाट सन् २०१९ को डिसेम्बर अन्तिम साताबाट सुरु भएको कोरोना भाइरसलाई तेस्रो विश्वयुद्धको हतियारको रूपमा प्रयोग हुन सक्ने अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले लेखेका छन्। चीनले कोरोना भाइरसलाई जैविक हतियारका रूपमा नै प्रयोग गरेको दाबी पनि गरिएको छ।

चीनको वुहानबाट सुरु भएको कोरोनाको महामारी विश्वभर फैलिएर लाखौँको मृत्यु भइसकेको अवस्थामा चीनमा भने निकै कम मात्रको मृत्यु भएको छ । त्यस्तै ९० हजार मात्र सङ्क्रमित भएका छन्। जबकि नेपालमा मात्रै चार लाखको हाराहारीमा सङ्क्रमित भइसकेका छन्। अहिले जुन देशबाट कोरोना फैलियो त्यो देश अहिले यति सुरक्षित कसरी हुन सकेको छ भनी गम्भीर प्रश्न खडा भएको छ। कसरी चीनमा ६ देखि ८ महिनाको अवधिमा जिन्दगी सामान्य अवस्थामा आयो भन्ने चर्चा अहिले विश्वभर भइरहेको छ। 

विभिन्न स्रोतहरूका अनुसार कोरोना भाइरसलाई लिएर चीनको उद्देश्यमाथि थप आशङ्काहरू पैदा भएका छन्। सन् २०१५ मा चिनियाँ सैन्य वैज्ञानिकहरूले तयार पारेको एक दस्ताबेजमा कोरोना भाइरसलाई जैविक हतियारका रूपमा प्रयोग गर्न सकिने खुलासा भएको थियो। त्यो समयमा मानिसहरू कोरोना भाइरसबारे जानकार नभए पनि सैन्य वैज्ञानिकहरूले भने यसलाई जैविक हतियारका रूपमा प्रयोग गर्न सकिने उल्लेख गरेका थिए। 

चिनियाँ सैन्य वैज्ञानिकहरूले तेस्रो विश्वयुद्ध जैविक हतियारबाट लडिने भविष्यवाणी गरेका थिए। अमेरिकी विदेश विभागलाई प्राप्त भएको गोप्य दस्ताबेजलाई आधार बनाएर सार्वजनिक भएका मिडिया रिपोर्टमा चीनले कोरोनालाई नै जैविक हतियारको रूपमा प्रयोग गरेको हुनसक्ने तर्कहरू बलियो बन्दै गएका छन्। 

बेलायतको द सन पत्रिकाले अस्ट्रेलियाको समाचार पत्र ‘द अस्ट्रेलियन’ लाई आधार बनाएर अमेरिकी विदेश विभागलाई प्राप्त ‘बम सेल’ अर्थात् विस्फोटक जानकारी अनुसार चिनियाँ सेना पीएलएका कमान्डरले यो पूर्वानुमान गरेका हुन्। चिनियाँ वैज्ञानिकहरूले सार्स कोरोना भाइरसको चर्चा ‘जैविक हतियारको नयाँ युग’ को रूपमा गरेका थिए। कोभिड–१९ यसको उदाहरण हो।

पीएलएको दस्ताबेजमा एक जैविक आक्रमणबाट शत्रुको स्वास्थ्य अवस्था ध्वस्त गर्न सकिन्छ भन्ने उल्लेख थियो। यो दस्ताबेज अमेरिकी वायुसेनाका कर्णेल माइकल जेले अध्ययन गरेको समेत जिकिर गरिएको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ