arrow

नेपाल सीमा नजिकै विहारबाट ८ ड्रोन बरामद

logo
एजेन्सी
प्रकाशित २०७८ असार १६ बुधबार
drones-prisons-drugs.jpg
फाइल तस्बिर

काठमाडौँ। नेपालसँग सीमा जोडिएको भारतको विहार स्थित आठ वटा चिनियाँ ड्रोन बरामद गरिएको छ। विहारको पूर्वी चम्पारणमा ड्रोनसहित तीन जनालाई पक्राउ गरिएको भारतका सुरक्षा अधिकृतहरूले जानकारी दिएका छन्।

भारतको सशस्त्र सीमा बलले सन्दिग्ध अवस्थामा रहेको एउटा सेतो कारमा बेग्लाबेग्लै बाकसमा आठ वटा ड्रोन क्यामेरा पाइएको सई दयानन्द कुशवाहले बताए। ‘कारमा बस्नेहरूले कहाँबाट ड्रोन ल्याएको भन्ने सन्तोषजनक उत्तर दिन सकेनन्। हामीले उनीहरूबाट नेपाली मुद्रा पनि बरामद गरेका छौँ,’ कुशवाहले बताए।

पक्राउ पर्नेमा विकी कुमार रौनियार, कृष्णानन्द कुमार र राहुल कुमार छन्। कुन्दवा चैनपुर प्रहरी कार्यालयका स्टेसन हाउस अफिसर मिथिलेश कुमारले पक्राउ परेका तीन जनालाई जेल पठाइएको बताए।

ड्रोन क्यामेरा विवाहको सुटिङ गर्नका लागि ल्याइएको भनी पक्राउ परेकाहरूले बताएको पूर्वी चम्पारणका एसपी नवीनचन्द झाले जानकारी दिए। तर प्रहरीले सबै कोणबाट अनुसन्धान गरिरहेको उनको भनाइ छ।

गत आइतवार जम्मुमा रहेको भारतीय वायुसेनाको स्टेसनमा ड्रोन आक्रमण गरिएसँगै देशैभर भारतीय सुरक्षा निकाय थप सतर्क भएको बेला यो घटना सार्वजनिक भएको हो।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ